बुटवल- लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।२ दिनअघि देखि रुघा लागेपछि मन्त्री केसीले कोरोना परीक्षण गराएका थिए ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको इमरजेन्सी एक्सपर्ट टेस्ट (द्रुत स्वाब परीक्षण)मा उनलाई कोरोना पोजिटिभ देखिएको हो ।
उनी अहिले मन्त्रालयकै निवासमा आइसोलेसनमा रहेका छन् । उनमा रुघाबाहेक कुनै समस्या नरहेको बताइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।