काठमाडौं - नेपालमा पछिल्लो समय धर्म परिवर्तन तीव्र भइरहेको छ । आर्थिक र विभिन्न प्रलोभन दिँदै सोझासाझा नेपालीलाई फकाएर धर्म परिवर्तन गराउन थालिएको छ ।
नेपालमा क्रिस्चियन धर्म तीव्र रूपमा फैलिरहेको छ । अब इस्लामिक धर्मगुरुले पनि मुस्लिम धर्म परिवर्तन गराउन थालेका छन् । अहिले सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल बनिरहेको छ ।
जसमा दुईजना विदेशी मौलानाले दुई नेपाली युवकलाई मुस्लिम धर्म अंगाल्न लगाएको देख्न सकिन्छ । भिडियोको सत्यताबारे प्रहरी प्रशासनले अहिलेसम्म केही जानकारी दिएको छैन ।
स्रोतका अनुसार यो भिडियो पोखरामा खिचिएको हो । जहाँ दुई नेपाली युवकले इस्लामिक धर्मग्रन्थ कुरानका केही मन्त्र उच्चारण गर्दै धर्म अंगालिरहेका छन् । बीचबीचमा उनीहरू हाँसिरहेका पनि देखिन्छन् ।
नेपालको संविधानमा कसैलाई पनि जबर्जस्ती धर्म परिवर्तन गर्न निषेध उल्लेख छ । तर, यसरी बिदेशी मौलानाहरु नेपाल आएर सोझासाझा नेपालीलाई धर्म परिवर्तन गराउँदै गरेको भेटिएको छ ।
धर्मनिरपेक्षताको आडमा नाजायज फाइदा उठाउँदै कहिले इसाईकारण कहिले इस्लामिक करण गराउने क्रम बढ्दा पनि राज्य भने मौन छ ।
यसरी बिदेशी #मौलाना हरु नेपाल आएर सोझा साझा नेपालीलाई धर्म परिवर्तन गराउदै छन। धर्म-निरपेक्षताको आडमा नाजायज फाइदा उठाउदै कहिले #इसाईकारण कहिले #इस्लामिक करण गराईदैछ। @NMAdhikary @Pushparajpurush @AbhisekJoshi6 pic.twitter.com/pSV09P07jW
— कुमारी♡☆ (@KumariKarki4) October 8, 2020
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।