काठमाडौं - जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले कक्षा ११ को पाठ्यपुस्तकको मूलय तोकेको छ। केन्द्रबाट छपाई भई बजारमा विक्री वितरण भइरहेका कक्षा ११ को नेपाली र अंग्रेजी दुई विषयको पाठ्यपुीतकको मूल्य निर्धारण गरिएको केन्द्रले जनाएको छ।
नेपाली कितावको मूल्य ६९ र अंग्रेजीको १२४ रूपैयाँ तोकिएको छ। केन्द्रले तोकेअनुसार नै पाठ्यपुस्तकको विक्री वितरण तथा खरिद गर्न केन्द्रले अभिभावक, विद्यार्थी तथा सरोकारवालाहरूलाई सूचना निकालेर जानकारी गराएको हो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।