काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो समय कोरोना भाइरसको संक्रमण अत्यधिक बढेको छ । देशकै आधा भन्दा बढी संक्रमित काठमाडौं उपत्यकामा मात्रै देखिन थालेपछि सरकारले उपत्यकाबासीलाई उच्च सतकर्ता अपनाउँन निर्देशन दिएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले १९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै कोरोना भाइरसको विरुद्ध उपत्यकामा निकै सतर्कता अपनाउँनु पर्ने बताएका हुन् ।
“हाल प्रत्येक दिन देखिने कूल सङ्क्रमितमध्ये आधाभन्दा बढी सङ्क्रमितको सङ्ख्या उपत्यकामा रहेको छ । अहिलेसम्म उपत्यकामा कोरोना सङ्क्रमण नियन्त्रण उन्मुख नदेखिएको हुनाले काठमाडौँवासीले असाध्यै धेरै सतर्कता अपनाउनुपर्ने जरुरी छ”, उनले भने ।
“झण्डै ४० लाख बसोबास गर्ने उपत्यकामा यदि सङ्क्रमण अनियन्त्रित भयो भने त्यसले हामीलाई निकै ठूलो जोखिममा पुर्याउनसक्ने अवस्था छ ।” उनले थपे ।
त्यस्तै मन्त्री ज्ञवालीले काठमाडौँवासीलाई आफूले सेवा दिँदा वा लिँदा, व्यवसाय सञ्चालन गर्दा वा सहयोग पुर्याउँदा, सार्वजनिक यातायात वा निजी सवारीसाधनमा हिँडडुल गर्दा तथा अन्य कुनै प्रकारको गतिविधि गर्दा कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखेर सतर्कता अपनाउन विशेष आग्रह गरे ।
“देशैभर क्रमशः कोरोना सङ्क्रमण घट्दै गरेको अवस्थामा काठमाडौँ उपत्यकाको अवस्था अझै पनि उच्च जोखिममा छ । यो कुरालाई ध्यानमा राख्न सरकारकोतर्फबाट विशेष आग्रह गर्दछु”, उनले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।