काठमाडौँ - बुधबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ। नेपाली बजारमा छापावाल सुनको मूल्य ९४ हजार १ सय रुपैयाँ कायम भएको छ। मंगलबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार ९ सय रुपैयाँ थियो।
त्यसैगरी चाँदीको मूल्य पनि घटेको छ। बुधबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
बुधबारका लागि चाँदीको मूल्य तोलामा ११ सय ७५ रुपैयाँ तोकिएको छ। मंगलबार चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भएको थियो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।