बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

अमेरिका-चीन तनाव : आसियानले पनि समस्या समाधान गर्द सक्रिय भूमिका खेल्नुपर्छ

अमेरिका-चीन तनाव : आसियानले पनि समस्या समाधान गर्द सक्रिय भूमिका खेल्नुपर्छ

  • एजेन्सी
  • बुधवार, आश्विन २१ २०७७

  • 4.8K
    SHARES

  • अमेरिका-चीन तनाव : आसियानले पनि समस्या समाधान गर्द सक्रिय भूमिका खेल्नुपर्छ

    पछिल्लो समय चीन-अमेरिका थप बिग्रिदै गएको अवस्था छ । एक मुलुकले हरेक विषयमा अर्कोलाई दोषारोपण गर्ने काम तीव्ररुपमा भइरहेको छ । 

    विश्वव्यापी महामारीको बीचमा यी दुई शक्तिहरूले एक अर्कालाई कमजोर देखाउन खोज्‍ने भएकोले एकअर्कालाई दोषारोपण गर्ने गतिविधि बढ्न थालेको हो । कुनै पनि गल्तीको जिम्मेवार आफूलाई स्वीकार्न दुबै मुलुक तयार छैनन् । 

    दुबै मुलुक बाँकी विश्वप्रति सजग र सचेत भएको पनि देखिँदैन । चीन र संयुक्त राज्य अमेरिकाबीचको फुटको नतिजा फेरि देखा पर्ने भएकाले बहुपक्षीयता र अन्तर्राष्ट्रिय सहयोग जोगाउने सम्भावित जीवन पद्धति बाँकी रहने कुरामा स्पष्टता छैन । 

    गत केही दशकहरूमा अन्तर्राष्ट्रियस्तरमा चीनको उदयले आश्चर्य र चासो दुबैलाई देखायो । चार दशकको अवधिमा इन्सुलर, ज्यादातर कृषि अर्थव्यवस्थाबाट विश्वव्यापी टेक्नोलोजीमा विशाल वृद्धि गर्दै चीनले उल्लेखनीय प्रगति हासिल गरेको छ । 

    चीन र अमेरिकाबीचको असंख्य द्विपक्षीय समस्याबाहेक सिनज्याङको उइगरहरुमाथि भइरहेको मानवअधिकार उल्लंघनको घटना, चीन-भारत सीमामा भएको हिंसात्मक झडप र हङकङमा जारी गरिएको नयाँ राष्ट्रिय सुरक्षा ऐन अमेरिकाबाहेक अन्य राज्यहरुले पनि चीनप्रति संशयको दृष्टिकोणले हेर्न थालेका छन् । 

    चीनले मेकोङ राज्यहरुसँग सिर्जना थरेको विवादले दक्षिण पश्चिम एशियामा क्षेत्रीय तनाव र ठूलो शक्ति प्रतिस्पर्धाको अर्को फ्ल्याशपोइन्टको रूपमा देखा परेको छ । 

    धेरै दक्षिणपूर्वी एशियाली राज्यहरूले अन्तर्राष्ट्रिय कानुनको चीनले उल्लंघन गरेको भन्दै विरोध गरिरहेका छन् ।  इन्डोनेसिया, मलेशिया र भियतनामलगायतका आसियन राष्ट्रहरुसँग दक्षिण चीन सागरमा चीनको विशाल दावीविरुद्ध उत्रिएका छन् । उनीहरुले अनावश्यक दाबी गर्दै धम्की दिन थालेको भन्दै चर्को विरोध गरिरहेका छन् । 

    यही समयमा चीनविरुद्ध आसियन राज्यहरुले पनि आफ्नो समस्या समाधानका लागि सक्रिय भूमिका खेल्नुपर्छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, भाद्र २० २०७७०५:४१:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend