काठमाडौं- प्रदेश ५ को राजधानीको मुद्दालाई लिएर अहिले प्रदेशमा आतंक मच्चिएको छ । यसबीच प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले अस्थायी राजधानी तोक्ने विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कुरालाई घुसाएका छन् ।
उनले तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नै बुटवल अन्तिम राजधानी नभएको बताएको दाबी गरेका हुन्।
‘बुटवल अस्थायी राजधानी हो स्थायी राजधानी तोक्ने अधिकार त प्रदेश सरकारलाई नै छ,’ प्रदेशसभामा प्रदेश राजधानीको नाम र स्थायी राजधानीको विषयमा जवाफ दिने क्रममा मुख्यमन्त्री पोखरेलले भने ।
त्यस्तै पोखरेलले, देउवाले उक्त भनाई पटक(पटक भनेको र आफूसँग रेकर्ड सुरक्षित रहेको पनि बताएका छन् । प्रदेश ५ को राजधानी दाङको देउखुरी र नाम लुम्बिनी प्रस्ताव गरिएको छ।
नामको विषयमा कुनै विवाद देखिएको छैन। स्थायी राजधानीको विषयमा भने सत्तापक्षकै केही सांसद र प्रतिपक्षी सांसदले विरोध गरिरहेका छन्। देउवाले बुटवललाई वैज्ञानिक हिसाबले सही छ भनेर नभनेको समेत उनले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।