सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

प्रदेशसभामा तोडफोड गर्ने यी तीन सांसदलाई कांग्रेसले कारबाही थाल्यो

प्रदेशसभामा तोडफोड गर्ने यी तीन सांसदलाई कांग्रेसले कारबाही थाल्यो

  • मिडिया डबली
  • सोमवार, आश्विन १९ २०७७

  • 6.4K
    SHARES

  • प्रदेशसभामा तोडफोड गर्ने यी तीन सांसदलाई कांग्रेसले कारबाही थाल्यो

    काठमाडौं- प्रदेश ५ को प्रदेशसभा बैठकमा तोडफोडमा गर्ने तीन सांसदमाथि कांग्रेसले कारबाही थालेको छ ।

    सोमबार प्रदेशसभा बैठकमा कुर्सी र टेबल तोडफोडमा उत्रिएका प्रदेश सांसदहरु बसिउद्धिन खाँ, बैजनाथ कलवार र अष्टभूजा पाठकमाथि कारबाही तयारी भएको कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले बताएका छन् । मिडिया डबलीसँग कुरा गर्दै प्रवक्त शर्माले भने, 'सभामा कुर्सी तोफोड गर्नेमाथि कारबाहीको प्रकृया सुरू भएको छ ।'

    प्रवक्ता  शर्माले यअघि नै ट्विटरमार्फत  प्रदेशसभा सदस्यहरुमाथि पार्टीले कारबाही गर्ने संकेत गरेका छन् । उनले ट्विटरमार्फत तोडफोडमा उत्रिएका सांसदहरुमाथि कारबाही गरिने बारे प्रष्ट रुपमा उल्लेख नगरेपनि घुमाउरो पारामा भनेका छन्, “अरुका गल्तीमा सच्याउँदै बढ्न प्रेरित गर्ने कांग्रेस आफ्नाको ‘छिटपुट’ भनेर छोप्दैन, कठोरतापूर्वक सच्याएर बढ्ने सामर्थ्य राख्ने छौं ।”   

    सोमबार बसेको संसद बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले राजधानीको नाम र स्थानको विषयमा छलफल गर्न प्रस्ताव पेस गरेलगत्तै कुर्सी र टेबल तोडफोड गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १९ २०७७०५:३५:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend