बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

अब, दसैंमा घर जादा १४ दिन अनिवार्य क्‍वारेन्टाइन, यस्ताे छ मापदण्ड

अब, दसैंमा घर जादा १४ दिन अनिवार्य क्‍वारेन्टाइन, यस्ताे छ मापदण्ड

  • मिडिया डबली
  • सोमवार, आश्विन १९ २०७७

  • 4.4K
    SHARES

  • अब, दसैंमा घर जादा १४ दिन अनिवार्य क्‍वारेन्टाइन, यस्ताे छ मापदण्ड

    तनहुँ-  तनहुँबाट बाहिरिएकाहरु दशैँमा घर आउँदा १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्नपर्ने भएको छ। जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले कोभिड–१९को जोखिमलाई ध्यानमा राखेर यस्तो निर्णय गरेको हो।  

    चाडपर्वमा देश तथा विदेशबाट धेरै सर्वसाधारण जिल्ला फर्किने हुँदा कोभिड–१९ को जोखिम बढ्ने भएकाले त्यस्ता व्यक्तिको वडास्तरसम्मै तथ्यांक राख्ने र अनिवार्य क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउने निर्णय भएको छ।

    त्यसका लागि स्थानीयस्तरमा गठन भएका अनुगमन समितिलाई थप सक्रिय र प्रभावकारी बनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए।  

    बैठकले प्रत्येक स्थानीय तहमा एम्बुलेन्सको आवश्यकता महसुस गर्दै त्यसको व्यवस्थापन गर्न स्थानीय तहलाई अनुरोध गरेको छ। ब्यास नगरपालिका–५ कालीभञ्जन गण (ई) मा राखिएको जनज्योति ग्राम सेवाको एम्बुलेन्स सम्बन्धित संस्थालाई फिर्ता गर्ने निर्णय भएको प्रजिअ आचार्यले बताए।   

    उनका अनुसार आइसोलेसनमा रहेका सङ्क्रमितको नेपाल सरकारको नीति वा अन्य कुनै कारणले भाइरस नेगेटिभ नआउँदै बहिर्गमन गर्दा घरपरिवारका सदस्यको रोहवरमा स्थानीय जनप्रतिनिधिको जिम्मा लगाएर मात्र बहिर्गमन गराउने निर्णय भएको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend