सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

गोकुल बास्कोटा भन्छन्, 'धेरै प्रदेश नबनाउँ भन्दा चित्रबहादुर लाइन भनियो, अहिले विचित्रको आन्दोलन चल्या छ'

गोकुल बास्कोटा भन्छन्, 'धेरै प्रदेश नबनाउँ भन्दा चित्रबहादुर लाइन भनियो, अहिले विचित्रको आन्दोलन चल्या छ'

  • मिडिया डबली
  • सोमवार, आश्विन १९ २०७७

  • 8.3K
    SHARES

  • गोकुल बास्कोटा भन्छन्, 'धेरै प्रदेश नबनाउँ भन्दा चित्रबहादुर लाइन भनियो, अहिले विचित्रको आन्दोलन चल्या छ'

    काठमाडौं- पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले अहिले चलिरहेको प्रदेश राजधानी सार्ने आन्दोलनलाई खिसिट्यु्री गरेका छन् । पहिले प्रदेशभन्दा संघीय राज्य नै ठीक भन्दा आफूहरूलाई चित्रबहादुर केसी लाइनको मान्छे भनेर आलोचना गरेको भन्दै बास्कोटाले अहिले प्रदेश राजधानीका नाममा विचित्रको लडाइँ हेर्दाको हैरान भएको बताएका छन् ।

    प्रधानमन्त्री केपी ओलीका निकट नेता बास्कोटाले धेरै प्रदेश बनाउने निर्णयको विरोध गर्दै चार प्रदेश मात्र बनाएको भए उपयुक्त हुने उल्लेख गरेका छन् ।

    सोमबार सामाजिक सञ्जालमा उनले प्रदेश राजधानीका विषयमा भइरहेको आन्दोलन र यसको विषयमा उनले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

    उनले लेखेका छन्, ‘म त हाम्रो देशमा संघ र प्रदेश किन र कसरी बनाउनुपरेको थियो ? भनेर कसलाई सोध्ने भन्ने सोच्दै छु। उबेला नेपालमा संघ किन भन्दा चित्रबहादुर लाइन भने, अहिले प्रदेश राजधानीका नाममा विचित्रको लडाइँ हेर्दाको हैरान। बनाउँदा पनि सातका ठाउँमा चार हुनुपर्ने हो। आफू त गोरुसिंगे ग वाला।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, कार्तिक २९ २०७७०३:०६:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend