काठमाडौं- नेपाल कम्युनस्ट पार्टी नेकपाका नेता एवं पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संकेत गर्दै अब, नेकपा फुट्ने लगभग निश्चित रहेको टिप्पणी गरेका छन् ।
हिजो (शुक्रबार)को सचिवालय बैठकमा अध्यक्ष दाहाललले नेकपाभित्रको विवाद समाधान गर्न विभिन्न कुराहरु एवं माग उठाउँदै एक दस्तावेज सार्वजनिक गरेका थिए । यसबीच नेता बाँस्कोटाले प्रतिपक्षले जस्तो विभिन्न आरोप प्रत्यारोप लगाउँदै पार्टीको एकता नै भंग गर्ने बाटो रोजेको गुनासो गरेका हुन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत नेता बाँस्कोटाले भनेका छन्, 'अविस्वास प्रस्ताव संसदमा पेश गर्दा प्रतिपक्षले लगाउने जस्ता अप्रमाणीत आरोपको पुलिन्दा हेर्दा अब पार्टीको एकता जीवन्त राख्ने राजनीतिक,सांगठनिक र मनोवैज्ञानिक आधार सम्पुर्ण रूपमै समाप्त पारेजस्तो देखियो।फिर्ता लिने वा गंभीर तनावको यात्रा रोज्ने ? मर्जी आफ्नै त हो!'

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।