सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

गोकुल बाँस्कोटाले भने 'नेकपाको राजनीतिक हैसियत समाप्त हुनसक्छ'

गोकुल बाँस्कोटाले भने 'नेकपाको राजनीतिक हैसियत समाप्त हुनसक्छ'

  • मिडिया डबली
  • शनिवार, श्रावण १० २०७७

  • 6.6K
    SHARES

  • गोकुल बाँस्कोटाले भने 'नेकपाको राजनीतिक हैसियत समाप्त हुनसक्छ'

    काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता  गोकुलप्रसाद बाँस्कोटाले पार्टीमा एकले अर्काप्रति असहिष्णुता राखेमा  एकतामा स्थायित्व नहुने बताएका छन्।

    नेता बाँस्काेटाले नेकपा विभाजन भएमा पार्टीकाे राजनीतिक हैसियत नै समाप्त हुनसक्ने संकेत गरेका हुन् । नेकपाका केन्द्रीय सदस्य बाँस्कोटाले मदन भण्डारी फाउण्डेशन काभ्रेपलाञ्चोकको जिल्ला भेलालाई आज बनेपामा सम्बोधन गर्दै पार्टी विभाजन भएमा नेतृत्वको राजनीतिक हैसियत समाप्त हुने र  जनताले पनि साथ दिँदैनन् भने। 

    सांसद बाँस्कोटाले नेपालको इतिहासमा कम्युनिष्टले पहिलो पल्ट बहुमतको सरकार बनाएको जनाउँदै राष्ट्रिय सार्वभौमिकताका लागि एक भइरहन सबैलाई आग्रह गरे । उनले प्रश्न गने, “वर्तमान सरकारले गणतन्त्रण्लाई स्थायित्व गरिरहेका सन्दर्भमा यही बहुमतको सरकार हटाएर के भनी जनताको बीचमा जाने ?” बाँस्कोटाले  देश र जनताका बाँकी कार्यभार पूरा गर्न तथा भावी पुस्तालाई सबल पार्टीका रुपमा प्रस्तुत गर्नुपर्ने ठूलो चुनौती रहेको बताए। उनले भने, “जननेता मदन भण्डारीले प्रतिपादन गरेको विचारलाई आत्मसात् गर्नुपर्छ, सबै समस्या हल हुँदै जान्छन् ।”

    उनले भण्डारीको विचारलाई जनताको मनमनमा पुर्याउनुपर्नेमा पनि जोड दिए ।  कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज आनन्द पोखरेलले फाउण्डेशनको कार्यक्रम गर्दा गुटबन्दी भयो भन्नेले प्रधानमन्त्री ओलीको राजीनामा मागी गुटबन्दी गरेको आरोप लगाए ।

     सो अवसरमा प्रतिनिधिसभा सदस्य रामहरि सुवेदी, वाग्मती प्रदेशसभा सदस्यत्रय वसुन्धरा हुमागाईँ, चन्द्र लामा र गोमा भुर्तेल, नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवं धुलिखेल नगर प्रमुख अशोक ब्याञ्जुलगायतले जनताको बहुदलीय जनवाद हिजो, आज र भोलि पनि सान्दर्भिक रहेको विचार राखे ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, कार्तिक २९ २०७७०३:०६:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend