काठमाडौं - विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर अहिले नमस्कारको प्रचलन फैलिएको छ। नेपालीहरुले आदार गरेर गरिने नमस्कार अहिले विश्वभर फैलिएको हो।
कोरोनाबाट जोगिन दुरी कायम गर्नुपर्ने, एक अर्कामा छुन नहुने भएपछि यसका लागि सबैभन्दा उपयुक्त नमस्कार भएको हो। राजनीतिज्ञहरुदेखि मिडिया र परिवार अनि साथीभाइसम्मको स्तरमा अबको जीवन यिनै न्यु नर्मलमा आधारित हुनेछ भन्ने मानसिकता बसिसकेको छ ।
नेपालका ग्रामिण तहदेखि सहरसम्म कोरोना महामारीपछि केही सकारात्मक परिवर्तन भएका छन् । लकडाउन, सामाजिक दुरी अनि मास्कबाट सुरु भएको कोभिड न्यु नर्मलमा दशकौँदेखि चलिआएको हात मिलाउने, अंकमाल गर्नेजस्ता परम्परागत संस्कृतिहरुसमेत प्रभावित भएका छन् ।
यसलाई नमस्तेले प्रतिस्थापन गर्न थालिएको हामीले विभिन्न अन्तर्राष्ट्रिय समारोहमा देखिसकेका पनि छौँ । नेपालमा पनि कोही भेट हुनासाथ हात मिलाउने प्रचलन अहिले छँदै छैन भन्दा पनि हुन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।