काठमाडौँ - टोक्यो र पेरिसमा चीनविरुद्ध विशाल प्रदर्शन भएको छ। चीनले गरेको दमन र मानवअधिकार उल्लंघनको बिरूद्ध तिब्बत, उइघुर, मंगोलिया, हङकङ र ताइवानका करिब ३ हजार मानिसहरूले अक्टूबर ३ का दिन जापानको राजधानी टोक्यो र अक्टूवर ज्ञ का दिन फ्रान्सको राजधानी पेरिसमा विशाल प्रदर्शन गरेका छन्।
हङकङमा लागू गरिएको कडा राष्ट्रिय सुरक्षा कानून, भित्री मंगोलिया स्वायत्त क्षेत्रमा मन्दारिन चिनियाँ भाषाको प्रयोग बाध्यात्मक बनाउने, तिब्बत र झिनजियांगमा धार्मिक स्वतन्त्रता विरुद्धको कारबाही र ताइवानको बिरूद्ध चीनको आक्रामक र धम्कीपूर्ण कार्यहरूको विरुद्ध नारावाजी गरिएको हो ।
प्रदर्शनमा स्थानीयका साथै अन्य एसियाली देशका मानिसहरूले सहभागिता जनाएर एक्यवद्धता प्रकट गरेका छन् ।
चिनले पछिल्लो समय तिब्बती, उइघुर र मङोलिएन समुदायमाथि धार्मिक तथा संस्कृतिक हस्तक्षेप बढाउदै लगेका समुदायहरूले आरोप लगाएका छन् । चिनियाँ शासकहरूले उइघुर समुदायमाथि विभिन्न खाले दमन गरिरहेको समाचारहरू निरन्तर बाहिर आइरहेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।