काठमाडौं - महात्मा गान्धीको १५१ औँ जन्म जयन्तीको अवसरमा नेपालका कान्छा अभियान्ता केपी खनाललाई युथ आइकन अवार्डले सम्मान गरिएको छ। भारतको राजधानी नयाँदिल्लीमा शुक्रबार राइजिङ टुइकल फाउन्डेसनको आयोजनामा भएको कार्यक्रममा युथ आइकन अवार्डबाट खनाल सम्मानित भएका हुन् ।
सानै उमेरमा विभिन्न जिल्लामा स्वच्छता अभियानदेखि बाजुरामा अनाथ आश्रम निर्माण गर्दै सामाजिक काममा जुटेका खनाल पछिल्लो समय कैलालीमा हेल्प निडी अभियानबाट मजदुरहरुको घर(घरमा खाद्यान्न वितरणमा जुटेका छन् । समाजमा उदाहरणीय कार्य गरेको भन्दै फाउन्डेसनले सम्मान गरेको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।