काठमाडौं- नेपालीहरुको महान चाड दशैँसँग बजारमा आउँने नयाँ नोट यो वर्ष भने अन्योलमा परेको छ। दशैँका लागि नेपाल राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरको नोट वर्षेनी सटही गर्ने चलन छ।
राष्ट्र बैंकका अनुसार अहिले पनि यी दरका नोट नेपाल राष्ट्र बैंकसँग पर्याप्त पनि छ। तर वितरणको लागि भने अहिलेसम्म निर्णय गर्न सकेको छैन। कोरोना भाइरसको माहामारीका कारण यस वर्ष नयाँ नोट ल्याउनेको नल्याउने भन्ने दोधारमा राष्ट्र बैंक रहेका छ ।
यस विषयमा छलफल भइरहेका र चाँडै निर्णय हुने बैंकले जनाएको छ । यसबाहेक दुई वर्षदेखि नेपाल राष्ट्र बैंकले सफा नोट नीति समेत लिएको छ।
सफा नोट कायम राख्न सरकारले कानूनी प्रबन्ध समेत गरेको छ। मुलुकी अपराध (संहिता) ऐन, २०७४ र मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ पनि लागू गरेको छ। जसमा नोटमा लेख्ने र केरमेट गर्नेलाई पनि फौजदारी कसुर भनि परिभाषित गरिएको हो।
नोटलाई काम नलाग्ने गरी च्यातेमा वा कसैले नोटमा लेखेमा वा कोरेमा त्यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद र ५ हजारसम्म जरिवाना हुने व्यवस्था गरिएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।