काठमाडौं- नेपालमा करिब ६० हजारभन्दा बढी संक्रमित कोराना भाइरसको संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रालयका पछिल्लो २४ घण्टामा ३ हजार ३०७ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएसँगै नेपालमा निको हुनेको संख्या ६० हजार ६ सय ९६ पुगेको हो।
मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमण निको हुने दर ७३.६ प्रतिशत रहेको छ।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ७ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कुल संक्रमित हुनेको संख्या ८२ हजार ४ सय ५० पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट ३ हजार ३ सय ७ जना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै देशभर कारोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ६०हजार ६ सय ९६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा को कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । योसँगै देशभरकुल मृतकको संख्या ५ सय २० पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या २१ हजार २ सय ३४रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।