आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चीनप्रति लाचार नेपाल : चिनियाँ लगानीको हिमालयलाई दिएको ग्राउन्ड ह्‍यान्डलिङको निर्णय किन खारेज गरिएन ? 

चीनप्रति लाचार नेपाल : चिनियाँ लगानीको हिमालयलाई दिएको ग्राउन्ड ह्‍यान्डलिङको निर्णय किन खारेज गरिएन ? 

  • मिडिया डबली
  • मंगलवार, आश्विन १३ २०७७

  • 6.7K
    SHARES

  • चीनप्रति लाचार नेपाल : चिनियाँ लगानीको हिमालयलाई दिएको ग्राउन्ड ह्‍यान्डलिङको निर्णय किन खारेज गरिएन ? 

    काठमाडौं - कोरोना महामारीलाई देखाएर नेपालमाथि चीनले नाकाबन्दी गरेको पाँच महिनाभन्दा बढी भइसकेको छ । सरकार यस विषयमा चुइक्क बोल्‍न सकेको छैन । भारतको विरोध गेरेर राष्ट्रवादी बनेको नेपाल सरकार चिनियाँ नाकाबन्दीविरुद्ध नोबल्‍नु नेपालको लाचारीपना हो ।

    यसअघि सत्तारुढ दलको आन्तरिक द्वन्द्व समाधानमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले खेलेको भूमिकाले पनि धेरै कुराहरु प्रष्ट पारेको छ । 

    चीनले तातोपानी र रसुवागढी नाका खोले पनि त्यो पूर्णरुपमा भने खोलेको छैन । दैनिक सीमित संख्या तोकेर त्यहाँबाट कन्टेनरहरु आउन दिएको छ । चिनियाँ अतिक्रमणविरुद्ध पनि नेपाल सरकार बोल्‍न सकेको छैन । 

    अहिले फेरि चिनियाँ लगानी रहेको यति समूहको हिमालय एयरलाइन्सलाई नेपास सरकारले ग्राउन्ड ह्यान्डलिङको जिम्मा दिएको छ । उक्त निर्णय कार्यान्वयन नगर्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन निर्देशन दिए पनि निर्णय खारेज भने गरिएको छैन । उक्त निर्णय खारेज किन गरिएन भनेर संशय उत्पन्‍न भएको छ ।

    अन्तर्राष्ट्रिय उडड्यन मापदण्ड अनुसार ग्राउन्ड ह्यान्डलिङको प्रक्रिया 'रिसिप्रोकल' हुने गर्दछ । जस्तो कि नेपालले भारतीय एयरलाइन्सलाई नेपालमा सेल्फ ग्राउन्ड ह्यान्डलिङको जिम्मा दिएमा भारतले पनि नेपाल एयरलाइन्सलाई ग्राउन्ड ह्यान्डलिङको जिम्मा दिएको छ । यस्तै थाइल्यान्डसँग पनि रेसिप्रोकल ग्राउन्ड ह्यान्डलिङको जिम्मा पाएको छ । 

    तर, चीनले नेपाल वायु कम्पनीलाई अहिले बेइजिङ उड्‍नसमेत प्रतिबन्ध लगाएको समयमा एकाएक सरकारले चिनियाँ लगानी रहेको हिमालय एयरलाइन्सलाई ग्राउन्ड ह्यान्डलिङको जिम्मा दिएको हो । अर्कोतिर चीनले आफ्नो कुनै पनि विमानस्थलमा नेपाल एयरलाइन्सलाई ग्राउन्ड ह्यान्डलिङको जिम्मा दिएको छैन । मन्त्रीकै इशारामा ४ असोजमा गरिएको निर्णयविरुद्ध चर्को आलोचना भएपछि 'फेस सेभिङ' का कार्यान्वयन नगर्ने मन्त्री भट्टराईले निर्देशन दिएका छन् । 

    उनले उक्त निर्णय खारेज गराउन नसक्नुमा चिनियाँ दूतावासको आदेश रहेको स्रोतले बताएको छ । नेपाल सरकारले राष्ट्र हित विपरीत र चिनियाँ कम्पनीलाई बढी स्पेस दिने गरी गरिएको उक्त निर्णय तत्काल खारेज गर्नुपर्ने चर्को दबाब सिर्जना भएको छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपाल सरकारले हिमालयलाई ग्राउन्ड ह्यान्डलिङको जिम्मा दिएर नयाँ लुटवाद सुरु गरेको बताएका छन् । उनले नेपाल वायु सेवाको भाग छिनेर चिनियाँ लगानीको हिमालयलाई जिम्मा दिनु नयाँ लुटवाद भएको बताएका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, भाद्र २० २०७७०५:४१:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend