मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

नेपालमा कोरोनाकाे जोखिमबारे सरकारको डरलाग्दो अभिव्यक्ती

नेपालमा कोरोनाकाे जोखिमबारे सरकारको डरलाग्दो अभिव्यक्ती

  • मिडिया डबली
  • सोमवार, आश्विन १२ २०७७

  • 4.7K
    SHARES

  • नेपालमा कोरोनाकाे जोखिमबारे सरकारको डरलाग्दो अभिव्यक्ती

    काठमाडौं- सरकारले नेपालमा कोरोनाको जोखिम अझै पूवार्नुमान गर्न सक्ने अवस्थामा नभएको भन्दै संक्रमण निकै बढ्न सक्ने डरलाग्दो किसिमको अभिव्यक्ती दिएको छ ।

     सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालमा कोरोना संक्रमण बढि रहेको र जोखिम कहिलेसम्म रहन्छ भन्ने पूर्वानुमान गर्न नसकिने बताएका हुन् ।

    ‘नेपालमा निरन्तर संक्रमण बढिरहेको छ । कुनै विन्दुमा पुगेर हामी विस्तारै ओरालो लाग्न सुरु गर्छौं । संक्रमण नियन्त्रणको अवस्थामा जान्छ । अझै पूर्वानुमान गर्न सकिने अवस्था छैन’ मन्त्रिपरिषदको निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा उनले भने ।

    उनले अब चाँडपर्वको बेलामा सबैलाई सचेत हुन आग्रह गरेका छन् ।  सरकारले कोरोनाको जोखिम कम भएर नभई जीवन र जीविकाबीच सन्तुलनको आवश्यकताका कारणले धेरै क्षेत्र खुला गरेको मन्त्री ज्ञवालीले बताए । ‘यो बेला सबैको उच्चस्तरको सतर्कता, साथ र सहयोगको जरुरत छ’ उनले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend