मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

देशकै आधाभन्दा बढी कोरोना संक्रमित काठमाडौँमा, फेरि लकडाउन हुने सम्भावना बढ्याे

देशकै आधाभन्दा बढी कोरोना संक्रमित काठमाडौँमा, फेरि लकडाउन हुने सम्भावना बढ्याे

  • मिडिया डबली
  • सोमवार, आश्विन १२ २०७७

  • 3.9K
    SHARES

  • देशकै आधाभन्दा बढी कोरोना संक्रमित काठमाडौँमा, फेरि लकडाउन हुने सम्भावना  बढ्याे
    फाइल तस्वीर

    काठमाडौं- काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८१७ जनामा कोरोना संक्रमण देखिएको छ। याे संख्या देशभरकाे आधाभन्दा बढी हाे ।

    सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ६४९, भक्तपुरमा ३६ र ललितपुरमा १३२ जनामा कोरोना पुष्टि भएको हो।

    पछिल्लो २४ घण्टामा देशभर १  हजार ३  सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कुल संक्रमित हुनेको संख्या ७४ हजार ७ सय ५१ पुगेको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट  ७ सय ४२  जना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै देशभर कारोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ५४ हजार ६ सय ४० पुगेको छ । हिजाे  ८ सय ८५  जना संक्रमित संक्रमणमुक्त भएका थिए, हिजकाे तुलनामा निकाे हुनेकाे संख्या घटेकाे छ ।

    पछिल्लो २४ घण्टामा को कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । योसँगै देशभरकुल मृतकको संख्या ४ सय ८१  पुगेको छ ।

    हाल सक्रिय संक्रमितको संख्या १९ हजार ६ सय २४ रहेको छ । सक्रिय संकमितको संख्या बढ्दै गएसँगै स्वास्थ्यमन्त्रालयले सफारिस गरेको २५ हजार सक्रिय संक्रमितको सीमामा फेरि लकडाउन हुने सम्भावना बढेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend