मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

काेराेनाकाे माहामारीमा जिल्ला अस्पतालको भेन्टिलेटर निजीमा

काेराेनाकाे माहामारीमा जिल्ला अस्पतालको भेन्टिलेटर निजीमा

  • मिडिया डबली
  • शुक्रवार, आश्विन ९ २०७७

  • 4.9K
    SHARES

  • काेराेनाकाे माहामारीमा जिल्ला अस्पतालको भेन्टिलेटर निजीमा

    सङ्खुवासभा- जिल्ला अस्पतालको भेन्टिलेटर छ महिनादेखि तुम्लिङटारमा रहेको निजी अस्पतालमा छ । तुम्लिङटारमा रहेको मनकामना हस्पिटल प्रालिमा छ महिनादेखि अस्पतालको भेन्टिलेटर प्रयोगविहीन अवस्थामा राखिएको छ । 

    निर्माणाधीन अरुण तेश्रो जलविद्युत् आयोजनाले कोरोना सङ्क्रमणका बेला महामारी फैलिने डर भएपछि जिल्ला अस्पतालमा भेन्टिलेटरसहित झन्डै रु ९० लाखबराबरको स्वास्थ्य सामग्री दिएको थियो । एउटा भेन्टिलेटर भने प्रयोगविहीन अवस्थामा निजी अस्पतालमा रहेको छ । 

    सरकारी भेन्टिलेटर निजी अस्पतालमा नराख्न विपत् व्यवस्थापन समितिको बैठकमा पटकपटक विरोध भएपनि मनकामना हस्पिटलका सञ्चालकले भेन्टिलेटर फिर्ता गरेका छैनन् । 

    प्रयोगविहीन अवस्थामा निजी अस्पतालमा राखिएको भेन्टिलेटर तुरुन्त फिर्ता गर्न नेकपाका केन्द्रीय सदस्य राजेन्द्र कार्की र नेपाली काँग्रेसका सभापति दीपनकुमार श्रेष्ठले माग गरेका छन्।

     जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यका अनुसार मनकामना हस्पिटललाई गत असार मसान्तसम्मका लागि मात्रै भेन्टिलेटर दिएको बताएका छन्। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend