मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

काठमाडौंमा थपिए यति संक्रमित, कहाँ कति हेर्नुहोस्

काठमाडौंमा थपिए यति संक्रमित, कहाँ कति हेर्नुहोस्

  • मिडिया डबली
  • शुक्रवार, आश्विन ९ २०७७

  • 3.2K
    SHARES

  • काठमाडौंमा थपिए यति संक्रमित, कहाँ कति हेर्नुहोस्

    काठमाडौं- उपत्यकामा शुक्रबार थप ६ सय ४५ जनामा कोरोना संक्रमण देखिएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौं जिल्लामा पाँच सय तीन, ललितपुरमा ९१ र भक्तपुरमा ५१ जनामा संक्रमण देखिएको हो । 

    देशभर आज १३ सय १३ जना नयाँ कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । यो अवधिमा १४ सय ५५ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा देशभर १  हजार ३ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कुल संक्रमित हुनेको संख्या ७०  हजार ६ सय १४ पुगेको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट  १ हजार ४ सय ५५ जना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै देशभर कारोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ५१ हजार ८ सय ६६ पुगेको छ । यो संख्या हिजको तुलनामा बढी हो ।

    पछिल्लो २४ घण्टामा को कोरोना संक्रमणबाट  ६  जनाको मृत्यु भएको छ । योसँगै देशभरकुल मृतकको संख्या ४ सय ५९  पुगेको छ ।

    हाल सक्रिय संक्रमितको संख्या १८ हजार २  सय ८९ रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend