काठमाडौं - पाल्पामा पहिरो जाँदा पाँच जना बेपत्ता भएका छन्। पाल्पाको रम्भा गाउँपालिका २ का होमबहादुर गाहाको घरमा गएराती पहिरोले पुरिएको हो। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पाँचै जना गाहाको घरमा पुरिएका हुन्।
घटनाबारे अरु थप केही विवरण आइपुगेको छैन। घटनास्थलमा प्रहरी पुगिसकेको छैन। प्रहरी टोली जाँदै गएको जिप्रपा पाल्पाले जनाएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।