चितवन - माथिबाट पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड ३६ घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ । सोमबार बिहान ५ बजे चारकिलोमा खसेको ठूलो पहिरो पन्छाएपछि आज साँझ ४ः५० बजेबाट एकतर्फी सञ्चालनमा आएको हो ।
नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनीयर शिव खनालका अनुसार सो सडकको चारकिलोमा पहिराले ६० मिटर सडक ढाकेको थियो । दुवैतर्फबाट लोडरलगायतका साधनले पहिरो पन्छाइएको उनले जानकारी दिए । सोमबार दिनभर वर्षा र पहिरो खसिरहेपछि काम गर्न सकिएको थिएन । आज बिहानबाट पहिरो पन्छाउने काम थालिएको थियो । पहिरो खसेको ठाउँ नारायणगढबाट ३१ दशमलव पाँच किलोमिटर मुग्लिनतर्फ पर्दछ ।
सो ठाउँ इच्छाकामना गाउँपालिका–६ हो । सो सडकको पहिरो खस्ने अन्य ठाउँ मर्मतसम्भार गरिएको भए पनि त्यस ठाउँमा काम गर्न शुरु गर्दागर्दै पहिरो खस्न थालेको हो । यसअघि पनि त्यही पहिरो खसेर सडक अवरुद्ध भएको थियो । सो सडक अवरुद्ध हुँदा धेरै सवारीका साधन रोकिएका थिए । सडक एकतर्फी खुलेसँगै सवारीहरु गन्तव्यतर्फ लागेका छन् । राजधानी काठमाडौँतर्फ जाने सवारी भने अगाडि पृथ्वी राजमार्गमा पुगेर रोकिने भएका छन् । सवारीको चाप कम भएपछि सडक पूरै सफा गरिनेछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।