गुल्मी - गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर १ हस्तिचौरमा पहिरोमा फसेकी महिलाको १८ घण्टापछि आज जीवितै उद्धार गरिएको छ।
मुसिकोट नगरपालिका २ की तारा कुमालको पहिरोबाट उद्धार गरिएको हो।
उनलाई आज हस्तिचौरको मल्दी च्युटारीबाट उद्धार गरिएको स्थानीयवासी श्रीराम महतले बताए। खेतबारीको मकै लिन गएकी उनलाई फर्कने बेला रातिदेखि ठूलो पानी परी बगेको लेदोले च्यापेको थियो।
दर्लामचौरबाट पहिरो हेर्न आएका व्यक्तिले फसेको देखेपछि मिलेर कुमालको उद्धार गरेका हुन्। अहिले हस्तिचौर र मुसिकोटका अधिकांश सडक अवरुद्ध छन्।
एम्बुलेन्सको व्यवस्था गरेर जान सक्ने स्थानसम्म गएर बिरामी ल्याउन प्रहरीलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए। (रासस
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।