काठमाडौं- काठमाडौंको कालोपुल क्षेत्रबाट धोबीखोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । महानगरीय प्रहरी वृत्त गौशालाका अनुसार दोलखा घर भएका ६५ वर्षका हरिबहादुर कार्कीलाई खोलाले बगाएको हो ।
साँझ साढे ५ बजेतिर खबर आएपछि नेपाल प्रहरीको विपद व्यवस्थापन गुल्म र महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले उृनको खोजी गरिरहेको छ ।
कालोपुल क्षेत्रमा तरकारी पसल सञ्चालन गर्ने कार्कीलाई फेला पार्न नसकिएको गौशालाका डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।