काठमाडौं - नेपाली बजारमाबुधबार पनि सुनको मूल्य घटेको छ। हिजो मंगलबार तोलामा १७ सय रुपैयाँले घटेको सुनको मूल्य आज १२ सय रुपैयाले घटेको हो ।
मंगलबार प्रतितोला ९५ हजार ५ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा १२ सय रुपैयाले घटेर तोलाको ९४ हजार ३ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।
यस्तै आज तेजावी सुनको मूल्य पनि घटेर प्रतितोला ९३ हजार ८ सय रुपैयामा कारोबार भइरहेको बताइएको छ ।
त्यसैगरी बुधबार चाँदीको मूल्य पनि ९० रुपैयाँले घढेर प्रतितोला १ हजार १ सय ९० रुपियाँमा कारोबार भइरहेको महासङ्घले जानकारी दिएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।