काठमाडाैं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो चुनाव चिन्ह हलो बनाउने विषयमा सहमती जुटाएको छ। एकता भएका छ महिना पछि राप्रपाले चुनाव चिन्ह हलो बनाउने सैद्धान्तिक सहमति गरेको राप्रपाले जनाएको छ।
यस अघि राप्रपामा हलो कि गाई भन्ने विषयले एक भएको पार्टी पुन फुट्ने अवस्थामै पुगेको थियो। हलो साबिक राप्रपा संयुक्तको चिन्ह हो। राप्रपाको कार्यसम्पादन समितिको बैठक ले पार्टी एकता जोगाउनको लागि गाई चुनाव चिन्ह छोडेर हलोलाई कायम राख्ने महत्वपूर्ण निर्णय गरेको हो। यस अघि राप्रपाका एक अध्यक्ष कमल थापा समूहको भेलाले २०७० सालमा २५ सिट जितेर देशको चौँथो पार्टी भएको बन्दै गाई चिन्ह नछाड्ने अडान लिएका थिए।
तर, एकता नजोगिने पक्का भएपछि गाई राप्रपा हलोमा जान सहमत भएको हो। राप्रपाको कार्यसम्पादन समितिले गाई चुनाव चिन्हलाई औपाचारीक रुपमा अनुमोदन गर्नेछ।
राप्रपाले एकता महाधिवेशन भने २०७८ बैशाख तेस्रो साता गर्ने निर्णय पनि गरेको छ। त्यस्तै आज मंगलबार नै दल दर्ताका लागि निर्वाचन आयोगमा जाने राप्रपाको तयारी छ। तर, नेताहरुले मंगलबार शुभ नरहेको भन्दै एक दुई दिनपछि गर्न समितिलाई सुझाब दिएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।