काठमाडौं- नेपाल आएर अवैध गतिविधि सञ्चालन गरिरहेका ४१ चिनियाँ नागरिकलाई निष्ष्कासन गरिएको छ । उनीहरुलाई अब १ वर्षसम्म फेरि नेपाल प्रवेश गर्न मिल्ने छैन् ।
भिसाको म्याद सकिएका एवं भिसाको दुरुपयोग गरेर नेपालमा शंकास्पद गतिविधि गर्दै आएका ती चिनियाँ नागरिकलाई निष्कासन गरिएको गृहका एक अधिकारीले बताएका हुन् । उनीहरुको निष्कासनका लागि गृह मन्त्रालयको सचिवस्तरीय समितिले नै निर्णयले गरेको थियो ।
प्रहरी र अध्यागमन विभागलाई नै थाहा नभएका गतिविधिहरु सञ्चालन गर्दै आएको २२ जना चिनियाँलाई गृह मन्त्रालयले भदौ ४ मा निष्कासन गर्ने निर्णय भएको थियो । त्यस्तै मन्त्रालयले बाँकी १९ जनाबारे गत शुक्रबार निर्णय गरेको हो।
अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीले शंकास्पद गतिविधिमा संलग्न भएको पाइएकाले ती चिनियाँ नागरिकलाई निष्कासन गर्ने निर्णय गरिएको बताए।
गत पुस ७ गते चिनियाँ सुरक्षा निकायको गोप्य सूचनाका आधारमा नेपाल प्रहरीले अवैध रूपमा नेपाल बस्दै आएका चिनियाँ नागरिकविरुद्ध अप्रेसन चलाएको थियो। त्यती बेला भिसाको दुरुपयोग गरी विभिन्न स्थानमा अवैध ढंगले बसेका १ सय २२ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको थियो।
गृह मन्त्रालयले २०७४ मा विदेशी नागरिक अनुगमन निर्देशिका कार्यान्वयनमा ल्याएसँगै निर्देशिकाको प्रभावकारी कार्यान्वयन नहुँदा नेपालमा विदेशी नागरिकको अवाञ्छित गतिविधि बढेको छ। विदेशी नागरिक अनुगमनका लागि गृहमन्त्रीको अध्यक्षतामा विदेशी नागरिक अनुगमन केन्द्रीय निर्देशक समिति छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।