सीमापार आतंकवाद र इस्लामावादका कट्टर आलोचक रहेका अफगानी उपराष्ट्रपति अम्रउल्लाह सालेहमाथि आक्रमणमा पाकिस्तान र पाकिस्तानी जासूस एजेन्सी आईएसआईको संलग्नता रहेको पाइएको छ ।
भूतपूर्व खुफिया प्रमुख सालेहमाथि गरिएको यो पहिलो आक्रमण भने होइन । गत वर्ष उनको कार्यालयमा २० जनाको ज्यान लिनेलगायतको हत्या प्रयास भएका थिए । तर, उनी पनि जोगिन सफल भएका छन् ।
संयोगवश दुरन्द लाइनका विषयमा सालेहको टिप्पणीपछि उनीमाथि आक्रमण भएको छ । "राष्ट्रिय हैसियत भएको कुनै पनि अफगानी राजनीतिज्ञले दुरन्द लाइनको सवाललाई बेवास्ता गर्न सक्दैनन् । यो जीवन वा जीवनपछि पनि बेवास्ता गर्नेलाई जनताले निन्दा गर्नेछ । यो एक मुद्दा हो जुन छलफल र समाधान आवश्यक छ। हामीलाई यो सित्तैमा उपहार दिन अपेक्षा गर्नु व्यावहारिक छैन । जाडो मौसममा पेशावर अफगानको राजधानी हुन्थ्यो," उनले सेप्टेम्बर ७ मा ट्वीट गरेका थिए ।
भारतले बुधबार आतंकवादी हमलाबाट बचेका अफगानिस्तानका उपराष्ट्रपति अम्रुल्लाह सालेहलाईलाई स्वास्थ्य लाभको कामना गर्दै आतंकवादी हमलाको कडा शब्दमा निन्दा गरेको छ । भारले भनेको छ, "भारतले अफगानिस्तानमा शान्ति स्थापना गर्नका लागि आतंकवादी पूर्वाधार र प्रायोजकहरूको उन्मूलनको लागि गरिएको संघर्षमा अफगानिस्तानको साथमा छ ।"
भारतले प्रयोग गरिएको “प्रायोजकहरू” भन्ने शब्दलाई पाकिस्तानतर्फ संकेत गरेको छ । जसले अफगानिस्तानमा विभिन्न आतंकवादी समूहहरूलाई ऐतिहासिक रुपमा समर्थन गरेको छ ।
तालिबान र अफगान सरकारबीचको शान्ति वार्ताको पाक समर्थक आतंककारीहरूले हलेमान नेटवर्कसहित सालेहजस्ता व्यक्तिको आक्रमण गर्न दुरुपयोग गरिरहेका छन् । सालेहमा भर्खरै भएको आक्रमणलाई पाकिस्तानले पाक आर्मी-आईएसआई द्वारा योजनाबद्ध र आर्केस्ट गरिएको थियो र त्यहाँ स्पष्ट पदचिह्न रहेको विज्ञहरूले आरोप लगाएका छन् । तालिबानसँगको वार्तालाई पाकिस्तानले एक मुखौटेको रूपमा प्रयोग गरिरहेको छ ।
रिपोर्टका अनुसार काबुलमा बुधवार बिहान सडकमा भएको आक्रमणले सालेहलाई निशाना बनायो तर उनी आक्रमणबाट उम्किए । १० जनाको मृत्यु भयो भने १५ जना सर्वसाधारण घाइते भएङ्का ५न् । तालिवानले उक्त आक्रमणको जिम्मेवारी लिन अस्वीकार गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।