काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोनाभाइरस संक्रमणपछि महँगो आइसोलेसनमा बसेका छन्। उनी अहिले काठमाडौंको पाँच तारे होटल सोल्टीको विशेष कोठा बुक गरेर बसेका हुन्।
उनले आफू घरमै आइसोलेसनमा बस्दै आएको सार्वजनिक रुपमा बताउँदै आएपनि गोप्यरुपमा होटलको आइसोलेसनमा बस्दै आएका छन्। उनलाई गत भदौ १५ गते कोरोना संक्रमण भएको थियो । स्रोतका अनुसार मेयर शाक्य मात्र हैन उनकी श्रीमती पनि सोल्टीको विशेष आइसोलेसनमा सँगै छिन् । त्यहाँ उनलाई काठमाडौंको ग्राण्डी र मेडासिटी अस्पतालबाट डाक्टरको व्यवस्था गरिएको छ ।
गत भदौं ३ गते काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितलाई राख्न एक साताभित्र ५ हजार बेड क्षमताको आइसोलेशन निर्माण गर्ने घोषणा गरेका थिए । तर सो कार्य पूरा हुन सकेको छैन ।
काठमाडौं उपत्यकामा कोरोना भाइरस रोकथामका लागि सेना परिचालनको माग गर्ने तर कोरोना संक्रमण थालेको ५ महिना बढी समय गुर्जदा पनि महानगरमा क्वारेटिन र आइसोलेसन सेन्टरको व्यवस्था गर्न नसक्ने उनले आफ्नो लागि भने सबैभन्दा महंगो आइसोलेन तयार गरेका हुन् ।
पछिल्लो समय काठमाडौं भित्रिने नाकामा काठमाडौंबाहिरबाट आउने मान्छेलाई प्रहरीले नियन्त्रण गर्न नसकेको भनेर मेयर शाक्य चिडिएका थिए । उपत्यका मेयर फोरमका संयोजक समेत रहेका शाक्यले उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुलाई सेना परिचालनको माग गर्दै आएका थिए । मेयर शाक्य अझै ४ दिन होटल सोल्टीमै रहने स्रोतको भनाइ छ ।
काठमाडौं उपत्यकामा दिनहुँ कोरोनाभाइरस संक्रमित थपिरहेको भएपनि उनीहरुको व्यवस्थापनका लागि महानगरले प्रभावकारी पहल गर्न नसकेको गुनासोहरु चर्कोरुपमा सुनिन थालेको छ । कोरोना संक्रमित हुनुअघि मिडिया खपतका लागि आइसोलेसन सेन्टर बनाउने भन्दै ठूला भाषण गरेपनि सिन्को नभाँचेको र अहिले आफ्नो लागि भने तारे होटल व्यवस्था गर्नु जनमतकै अपमान भएको महानगरकै एक वडाध्यक्षले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।