धनुषा- आर्थिंक चलखेल गर्न मेयरले बनाएकाे बाँधले वस्ती नै डुबानमा परेपछि स्थानीयले तालाबन्दी गरेका छन् आर्थिंक चलखेल गरेपछि धनुषाधाम नगरपालिकामा स्थानीयले तालाबन्दी गरेका हुन् ।
नगर प्रमुख बालेश्वर मण्डलले अनावश्यक ठाँउमा बाँध निर्माणका लागि उपभोक्ता समितिसँग मिलेर चलखेल गरेकाे भन्दै स्थानीयले नगर कार्यालयमा ताला लगाउँदै प्रदर्शन गरेका छन् ।
अनावश्यक ठाँउमा बाँध निर्माण गरेपछि अधिकांश वस्तीहरु डुबानमा परेको भन्दै पीडित सिकियाहा टोलवासीहरु नगरपालिकाको कार्यालयमा पुगेर आन्दोलन गरेका छन् । डुबान प्रभावित सिकियाहा टोलका स्थानीयले नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्नुका साथै प्रदर्शन समेत गरेका हुन ।
धनुषाधाम नगरपालिकाका मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत र लेखापाल मिलेर भ्रष्टाचार गरेको उनीहरुको आरोप छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।