बेइजिङ - गत वर्षको तुलनामा चीनमा यस वर्ष धान उत्पालनमा वृद्धि भएको छ । चीनको राष्ट्रिय तथ्यांक ब्युरोले जारी गरेको तथ्यांकका अनुसार यस वर्षमा ३.९ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको छ ।
य वर्षको सुरुवातमा ५४.६ बिलियन जिन चामल रहेकोमा २.०६ बिलियन चामलमा वृद्धि भएको छ । यो भनेको सन् २०१९ को तुलनामा ३.९ प्रतिशतको वृद्धि हो ।
यो कुरा प्रारम्भिक भए पनि बुझ्न सकिन्छ कि यस वर्ष धानको उत्पादन दक्षिणमा केही क्षेत्रमा गम्भीर बाढीले प्रतिकूल असर परेको छ । त्यस क्षेत्रमा उत्पादनमा गिरावट आएको छ । तर यस वर्ष रोपाइँको मौसम अनुकूल भएको बुझिएको छ ।
विशेष रूपमा विभिन्न नीतिहरू कार्यान्वयन जस्तै कृषिलाई समर्थन गर्ने र कृषिलाई फाइदा पुर्याउने, धानमा अनुदान बढाउने र मुख्य चाँडो उत्पादन क्षेत्रहरूमा न्यूनतम अन्न खरिद मूल्य साथै ठूला परिचालनको बृहत् प्रचार र गहन उत्पादन जस्ता उपायहरू, किसानहरूले अन्न उब्जाउने उत्साहलाई प्रभावकारी रूपमा उत्प्रेरित गरेका छन् ।
यसको प्रत्यक्ष प्रभाव उत्पादनमा परेको परिणाम सकारात्मक आएको जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।