वाशिङ्टन - अमेरिकन समाजवादीहरुले पश्चिमा देशका विश्वविद्यालयहरुमा स्थापना गरिएका कन्फ्युसियस इन्स्टिच्युटहरु बन्द गर्नुपर्ने र चीनसँगको शैक्षिक सहकार्य अन्त्य गर्नुपर्ने बताएका छन् ।
चिनियाँ र अमेरिकन अर्थशास्त्र र समाज क्षेत्रमा काम गर्दै आएका अमेरिकी समाजवादीहरुले यस्तो बताएका हुन् । विदेश नीति शीर्षकमा लेखिएको एक लेखमा सिड्नी विश्वविद्यालयका सहप्राध्यापक साल्भाटोर बाबोन्सले चीनले शैक्षिक सम्बन्धमा धोका दिएको बताएका छन् ।
"चिनमा उदाइरहेको अधिनायकवादले पश्चिमा विश्वविद्यालयहरुमा ठिक विपरीत गतिविधि गरिरहेका छन् । चीनमा स्वतन्त्रताको अभ्यास गराउनुको साटो कन्फयुसियस इन्स्टिच्युट भएका देशहरुमा अधिनायकवादी चरित्र प्रस्तुत गरेका छन्," बाबोन्सले लेखेका छन् ।
यो विषय अहिले सर्वस्वीकार्य नहुन सक्ने भए पनि यसले भोलिका दिनमा समस्या निम्त्याउने बाबोन्सले बताएका छन् ।
चिनियाँ कन्फ्युसियस इन्स्टिच्युट र सार्वजनिक शैक्षिक संस्थानहरु र अन्य देशका विश्वविद्यालयहरु र शैक्षिक संस्थाहरुबीच सहकार्यका आधारमा विभिन्न मुलुकमा कन्फ्युसियस इनस्टिच्युट स्थापना गरिएका थिए
ती इनस्टिच्युटहरुलाई चीनले नै लगानी गरेको छ भने शिक्षकहरुको तलबभत्तादेखि सम्पूर्ण खर्च चीनले नै व्यहोर्ने गरेको छ । पछिल्लो समय चीनो सिन्जियाङमा भएको मानिवअधिकारविरोधी गतिविधिको चर्को आलोचना भइरहेका बेला उक्त इन्स्टिच्युटहरुमा रहेका प्राध्यपकहरुले चिनियाँ लगानीको र उक्त घटनाको बचाउ नगरेमा उनीहरुलाई निलम्बन गर्ने काम भइरहेको छ ।
बाबोन्सले चीनले आफ्नो आन्तरिक संरचनामा र सूचनामा पूर्ण नियन्त्रण राख्ने र सेन्सर गर्ने तथा बाह्य स्रोत र सूचनालाई बहिष्कार गर्ने भएका कारण उसले गैरकानुनी गतिविधि गर्दा पनि अरुलाई जानकारी नहुने बताएका छन् ।
चीन पूर्णरुपमा गलत दिशामा गइरहेका कारण चीनसँगको शैक्षिक सहकार्य अन्त्य गर्नुपर्ने बताइएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।