बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

कोभिड-१९ र अर्थतन्त्रबाट जनतालाई विमुख गराउन पाकिस्तानको भारत विरोधी प्रोपोगाण्डा 

कोभिड-१९ र अर्थतन्त्रबाट जनतालाई विमुख गराउन पाकिस्तानको भारत विरोधी प्रोपोगाण्डा 

  • एजेन्सी
  • बुधवार, भाद्र १७ २०७७

  • 5.0K
    SHARES

  • कोभिड-१९ र अर्थतन्त्रबाट जनतालाई विमुख गराउन पाकिस्तानको भारत विरोधी प्रोपोगाण्डा 

    इस्लामावाद - ५ अगस्त २०१९ मा भारतले धारा ३७० खारेज गरेपछि सुरक्षा स्थितिमा उल्लेखनीय सुधार आएको र जम्मू-काश्मीरमा आतंकवादी हमलाहरूमा कमी आएको भए पनि पाकिस्तानले भारत विरोधी गतिविधि र गलत प्रचारलाई भने जारी राखेको छ । 

    अमेरिकी उद्यम संस्थानका आवासीय प्राज्ञ माइकल रुबिनले नेशनल इन्टरेस्टमा प्रकाशित लेखमार्फत पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पााकिस्तानी पत्रकारहरूलाई काश्‍मीरमा अस्थिरता ल्याउने समाचारहरु प्रकाशन गर्न निर्देशन जारी गरेको बताएका छन् । यदि उनीहरूले कश्मीरको बारेमा सरकारको अडान र भारतको विरोध नगरेमा उनीहरूको रोजगारी जोखिममा पर्ने र तिनीहरूलाई जबरजस्ती कालो पट्टी बाँध्‍न बाध्य पारिएको छ । 

    पत्रकारहरुलाई कश्मीरमा भारतको कारवाहीलाई "जनसांख्यिकीय रंगभेद" र "सैन्य घेराबन्दी" का लागि गरिएको "लकडाउन" को रूपमा परिभाषित गर्न बाध्य पारिएको छ । 

    पाकिस्तानले कोभिड-१९ को नियन्त्रण गर्न नसकेको र अर्थतन्त्र धरायसयी भएको विषयमा बढ्दै गएको जनआक्रोशबाट बच्‍न र जनताको ध्यान मोड्न काश्‍मीर र भारत विरोधी गतिविधि गरिरहेका छन् । अन्तर्राष्ट्रिय समुदायले कश्मीरको मुद्दा उठाउन पाकिस्तानलाई रोक लगाए पनि पाकिस्तानले भने आफ्नो असफलतालाई निरन्तरता दिइरहेको छ ।

    "खानको बयानबाजीले कुनै पनि हिसाबले दक्षिण एसियामा असुरक्षाको मूल कारण र पाकिस्तानको आतंकवादको जटिलताबाट ध्यान विचलित गर्नु हुँदैन । फाइनान्सियल एक्शन टास्क फोर्स (एफएटीएफ) ले पाकिस्तानको आतंकवाद समस्यालाई सम्बोधन गर्न सुरु गरिसकेको छ । पाकिस्तानले पछिल्लो समय केही प्रतिबन्धको नाटक गरेर कूटनीतिक बचावट गरेको तथ्यलाई एक वस्तुगत विचारको रूपमा लिनु हुँदैन । जसले पाकिस्तानलाई औपचारिक रूपमा कालो प्रतिबन्धको सामना गर्नुभन्दा जून २०१९ मा एफएटीएफ खैरो सूचीमा राखेको थियो," रुबिनले भने ।

    “पछिल्ला साताहरुमा पाकिस्तानी सिनेटले पाकिस्तानको आतंकवाद जटिलताको बारेमा एफएटीएफ चिन्तालाई सम्बोधन गर्न दुई सुधारहरू पारित गरेको थियो । तर पनि पाकिस्तान सरकार र अझ महत्त्वपूर्ण कुरा, पाकिस्तानको अन्तर-सेवा खुफिया एजेन्सी ईमानदार भए पनि त्यस्ता सुधारप्रति थप आशंका उब्जिएको छ । पाकिस्तानी सरकारभित्र विवादितले खतरा देखिएको छ,” उनले थपे ।

    रुबिनका अनुसार इस्लामावादले आतंकवादलाई प्रश्रयका लागि गहिरो लगानी जारी राखेको छ, जबकि पाकिस्तानी कूटनीतिज्ञले भनेका छन् कि संयुक्त राष्ट्रले तोकेको आतंकवादीहरुविरूद्ध कडा कारबाही गरिरहेको छ ।

    “पाकिस्तानस्थित जैश-ई-मोहम्मद आतंकवादी समूहका बारेमा संयुक्त राष्ट्र संघीय प्रतिनिधि मसूद अजहरले प्रकट गरेको अज्ञानताबाट पनि पाकिस्तानले चालेको कदमहरुप्रति गरिएको आशंकालाई पुष्टि गर्दछ । तहरिक-ई-तालिबान पाकिस्तानका पूर्व प्रवक्ता एहसानुल्ला एहसानको गाथाले पनि जेलबाट 'भागेर' आएका पाकिस्तानी भूमिमा भएको सबैभन्दा रक्तपातपूर्ण आतंकवादी हमलाको लागि जिम्मेवार व्यक्ति अहिले पाकिस्तानी गुप्तचरको संरक्षणमा रहेको देखिन्छ । सवा दशकभन्दा पनि अघि मुम्बईमा आक्रमण गर्ने लश्कर-ई-तालिबा आतंककारीलाई पनि कुनै ठोस कारबाही भएको छैन," रुबिनले भने ।

    पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सरकारले कोभिड-१९ महामारीलाई नियन्त्रणमा लिनुको साटो आतंकवादलाई रोक्न एफएटिएसँग गरिएका प्रतिबद्धताबाट जोगिने अस्त्रका रुपमा प्रयोग गरेको देखिन्छ ।

    रुबिनले इमरान खानको “कपटी” कार्यहरू औंल्याए । जसमा गिलगिटि, पश्तून, सिन्धु र बलूचहरुलाई देशभित्र व्यवस्थितरुपमा लक्षित गरी उनीहरुविरुद्धको अभियान चालिएको बताएका छन् । इस्लामाबादले धार्मिक स्वतन्त्रताको सम्मान गरेको दाबी गरेको छ तर, चीनमा उइगुर मुस्लिमहरुलाई यातना शिविरको समर्थन जनाएको छ ।

    “धार्मिक स्वतन्त्रताको लागि अरूको सम्मानको सम्बन्धमा गरेको कुनै पनि पाकिस्तानी आलोचना पनि झूटो हुन्छ, पाकिस्तानले सरकारले चिनियाँ यातना शिविरहरूको समर्थन गरेको छ जब उइगुर मुसलमानलाई लक्षित गरेको छ र अल्पसंख्यकहरूमाथिको हिंसाको लागि दण्डहीनताको भावनाले पेसावरका सम्भ्रान्त प्रहरीलाई एक व्यक्तिसँग सेल्फी लिन उक्साएको छ ।

    "पाकिस्तानी असहिष्णु ईश्वर निन्दा कानुनअन्तर्गत अभियोग लगाइएको अमेरिकी नागरिक ताहिर अहमद नसिमको हत्या गरेको पाकिस्तानले धार्मिक स्वतन्त्रताबारे बोलेको सुहाउँदैन । त्यसमा पनि अहमदी सम्प्रदायकै अपराध भएको दाबी गरिएको छ”, उनले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण १४ २०७७१२:४४:०७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend