काठमाडौं- अगस्ट महिनामा भारतमा संसारकै सबैभन्दा बढी कोरोनाभाइरस सङ्क्रमण फेला परेको पुष्टि भएको छ।
भारतमा गत महिना झन्डै २० लाख सङ्क्रमित थपिएका छन् जुन महामारी सुरु भएयता कुनै पनि देशमा एक महिनामा थपिएको सबैभन्दा ठूलो सङ्ख्या हो।
मृत्युका सङ्ख्याले पनि अगस्ट सबैभन्दा नराम्रो महिना रह्यो र त्यहाँ २८,००० जनाको मृत्यु भयो।
अमेरिका र ब्रजिलपछि भारत सबैभन्दा बढी सङ्क्रमण भएको देश भएको छ। त्यहाँ ३६ लाख जनालाई सङ्क्रमण भएको पुष्टि भइसकेको छ।
मार्चमा सुरु गरिएको लकडाउनका कारण अर्थतन्त्रमा नराम्रो प्रभाव परेर लाखौँको रोजगारी खोसिएपछि भारतमा अहिले प्रतिबन्धहरू खुकुलो छन्।
अगस्टमा भारतमा प्रतिदिन ६४,००० को दरले सङ्क्रमण बढेको थियो जुन जुलाईको भन्दा ८४ प्रतिशतले बढी हो। अमेरिकामा अगस्टमा प्रतिदिन ४७,००० सङ्क्रमित थपिएका थिए।बीबीसी
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।