बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

नयाँ मन्त्रीको टुंगो धमाधम लगाइँदै, यी भाग्यमानीले पाउने भए अवसर!  

नयाँ मन्त्रीको टुंगो धमाधम लगाइँदै, यी भाग्यमानीले पाउने भए अवसर!  

  • मिडिया डबली
  • बिहिवार, भाद्र ११ २०७७

  • 141.0K
    SHARES

  • नयाँ मन्त्रीको टुंगो धमाधम लगाइँदै, यी भाग्यमानीले पाउने भए अवसर!  

    काठमाडौं–सत्तारुढ नेकपाभित्र नयाँ मन्त्री चयनको दौडधुप सुरु भएको छ  आगामी शनिबार बस्न लागेको सचिवालय बैठकमा मन्त्रीहरुको टुंगो लाग्ने सम्भावना रहेको एक नेताले बताए ।

    आगामी २० गतेबाट अर्थमन्त्री डा.युवराज खतिवडाको कार्यकाल सकिदैछ । उनको राष्ट्रियसभाको कार्यकाल सकिएको र सांसद नभएको व्यक्ति ६ महिनासम्म मात्र मन्त्री हुनसक्ने संवैधानिक प्रावधान छ । जसअनुसार २० गते सांसद पदबाट अवकाश पाएको ६ महिना पुग्दैछ । अर्थमन्त्रीसहित अन्य मन्त्रीहरु समेत हेरफेर गर्न लागिएको छ । सञ्चार र सहरी विकास मन्त्रालय पहिलेदेखि नै रिक्त छ ।

    गृहमन्त्री रामबहादुर थापा समेत रेडजोनमा रहेको स्रोत बताउँछ । पछिल्लो समय उनी विवादमा पर्दै आएका छन् भने साथै प्रचण्डसँग पनि उनको दुरी बढेको छ । त्यस्तै भूमिसुधार मन्त्री पद्मा अर्याल पनि हेरफेर हुने सूचिमा पर्ने जोखिम छ । कामको हिसाबले खानेपानी मन्त्री बिना मगर पहिले नै हट्नुपर्ने भएपनि प्रचण्डकै बुहारी भएकाले उनलाई हटाइएन ।

    परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राम्रै काम गरेको भएपनि भाग पु¥याउन उनलाई पनि हटाउने सम्भावना रहेको स्रोत बताउँछ ।
    नेकपाबाट सुरेन्द्र पाण्डे मन्त्री बन्ने पक्का छ । उनी अर्थमन्त्री हुने सम्भावना छ । अर्थमन्त्री नभए अन्य मन्त्रालयमा नजाने उनले बताएका छन् । त्यस्तै भिम रावलको समेत नाम मन्त्रीमा चर्चा भएपनि उनले आफु सरकारमा जान लालायित नभएको प्रतिक्रिया दिएका छन् ।

    तत्कालिन माओवादीबाट जनार्दन शर्मा पहिलेदेखि नै खुट्टा उचालेर बसेका छन् । बादललाई हटाएर गृहमन्त्री हुने उनको योजना छ । पम्फा भुषालको नाम पनि चर्चामा छ ।

    त्यस्तै सांसद अपहरणकाण्डमा जोडिएका सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठ समेत लबिङमा लागेका छन् । पार्टीमा पछिल्लो पटक बढेको विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको अध्यक्षतामा गठन भएको कार्यदलले मन्त्रीपरिषद् पुनर्गठनको कुरा समेत छ । सोही अनुसार सबै पक्षका नेताहरुलाई मिलाएर मन्त्रिपरिषद् हेरफेर गर्न लागिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरु समेत हेरफेर हुने सम्भावना छ ।

    नियुक्तिसम्बन्धि हरेक निर्णय पार्टीको सचिवालयबाट स्वीकृत गराएर मात्र अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीले सहमति जनाइसकेका छन् । दृष्टि साप्ताहिकबाट

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, चैत्र १७ २०७९०२:५४:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend