काठमाडौं– सम्भवतः भदौ २० गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदमा केही पुराना अनुहार बाहिरिएर नयाँको प्रवेश हुनेछ । विष्णु पौडेल संयोजकत्वमा गठित नेकपाको र्कायदलले पनि मन्त्रिपरिषद् हेरफेर गर्न सुझाएकाले प्रतिवेदनमाथिको औपचारिक छलफल सचविालय र स्थायी समितिबाट टुंगिएपछि मन्त्रिपरिषद् हेरफेर हुने अनुमान गरिएको छ ।
मन्त्रिपरिषद् हेरफेरको चर्चासँगै नेकपाका दर्जनौं माहोल बनाउन लागेका छन् । मन्त्रीका अधिकांश आकांक्षीको चाहना कुनै एक मन्त्रालय सम्हाल्ने छ । तर केहीले भने रोज्जा मन्त्रालय दिए मात्रै मन्त्री बन्ने नभए नबन्ने भन्दै दंग्याउन थालेका छन् ।
अबको मन्त्री बन्ने लटमा माधव नेपाल गुटका हस्ती पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको पनि चर्चा छ । एमालेको ९ औं महाधिवेशनमा माधव समूहबाट निर्वाचित उपमहासचिव घनश्याम भुसाल, सचिवहरू गोकर्ण विष्ट र योगेश भट्टराई जस्ता नेताहरूले अवसर पाइसकेको र पफमेन्ससमेत अब्बल नरहेकाले प्रधानमन्त्री केपी शर्मा ओली पनि महासचिवमा ६ मतले पराजित पाण्डेलाई कुनै एक मन्त्रालयको जिम्मा दिन सकारात्मक रहेको नेकपा स्रोत बताउँछ ।
कतिपय सांसदका लागि मन्त्री बन्नै महाभारत परिरहेका बेला पाण्डेले भने रोज्जा मन्त्रालय दिए मात्रै आफू मन्त्री बन्ने सन्देश बालुवाटार पठाएको चर्चा छ । सुरेन्द्र पाण्डेनिकटका अनुसार, उनले अर्थ, गृह, र परराष्ट्र मन्त्रालयमध्ये आफूले एक पाउनुपर्ने दाबी गरेका छन् । यीबाहेकका मन्त्रालय दिए नखाने उनले बताएका छन् ।
वर्तमान अर्थ मन्त्री युवराज खतिवडाको २०७६ फागुन २० गते राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएको र पुनः उनले नियुक्त पाउने कि नपाउने चर्चा चलिरहेको छ । अर्थ मन्त्री युवराज खतिवडाको ६ महिने कार्यकाल २०७७ भदौ २० गते सकिने भएकाले अर्थमा नयाँ पात्रको चर्चा सुरु भएको छ ।
गृहमन्त्री रामबहादुर थापाले प्रधानमन्त्रीको मन जितेकाले उनी मन्त्रीबाट चाहिं हट्ने सम्भावना कम छ । तर २ वर्ष अवधि पूरा गरेकालाई मन्त्रिपरिषद् पुनर्गठनमा नसमेट्ने मोडालिटी बनेमा उनी पनि बाहिरिन सक्छन् । ओलीका अति नै विश्वासपात्र प्रदीप ज्ञवाली पनि २ वर्षका सबै मन्त्री हटेको अवस्थाबाहेकमा बाहिरिने सम्भावना कम रहेको साँघु साप्ताहिकले लेखेको छ ।
कथंकदाचित उनले ताकेको मन्त्रालयका मन्त्री बाहिरिए पनि त्यसको जिम्मा उनले पाउने सम्भावना निकै कम छ । किनभने, उनले ताकेका सबै मन्त्रालय प्रधानमन्त्रीसँग अति निकट पात्रले मात्र पाउने मन्त्रालय हो । विगतदेखि कै प्रधानमन्त्रीहरुले यस्तै अभ्यास गर्दै आइरहेका छन् । त्यसैले माधवका हस्ती सुरेन्द्रको हकमा के होला भन्ने प्रश्न नेकपाभित्र प्रतीक्षाका विषय बनेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।