चितवन–चितवनमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड ल्याबमा गएराति गरिएको परीक्षणअनुसार भरतपुर महानगरपालिकामा २० महिला र १६ पुरुषमा कोरोना संक्रमण देखिएको छ । उनीहरु ५ देखि ५४ वर्ष उमेर समूहका छन् । भरतपुर महानगरपालिका २, ४, ५, ७, ९, १०, ११, १२, १४, १५ र १६ नम्बर वडामा संक्रमितहरु फेला परेका छन् ।
यसैगरी रत्ननगर नगरपालिकामा ३ जना र खैरेनी नगरपालिकामा १ जनामा कोरोना पुष्टि भएको छ । रत्ननगर नगरपालिकाको वडा नं. १, ६ र १३ मा २ महिला तथा १ पुरुषमा कोरोना संक्रमण देखिएको छ । उनीहरु २४ वर्षदेखि ७१ वर्ष उमेर समूहका छन् ।
यसैगरी खैरेनी नगरपालिका–१ मा २६ वर्षीय एक पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । भरतपुर अस्पतालको कोभिड ल्याबमा गएराति नै गरिएको परीक्षणमा नवलपुर, रुपन्देही, तनहुँ र धनुषाका १–१ जनामा कोरोना पुष्टि भएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।