बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

कालापानीमा तनाब, नेपाली जनता विपत्तीमा

कालापानीमा तनाब, नेपाली जनता विपत्तीमा

  • मिडिया डबली
  • आइतवार, भाद्र ७ २०७७

  • 5.0K
    SHARES

  • कालापानीमा तनाब, नेपाली जनता विपत्तीमा

    दार्चुला- गत असार अन्तिमसाता सरकारले व्यासको छांगरु र तिङ्कर गाउँका लागि दुई सय क्वीन्टल खाद्यान्न ढुवानी गर्याे । 

    छांगरुका ११७ घरधुरी र तिङ्करका ७० घरधुरीका लागि नेपाल सरकारको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ठेक्कामार्फत खाद्यान्न ढुवानी गर्याे । 

    यहाँका नागरिकले झण्डै एक क्वीन्टल हाराहारीमा चामल पाए । 

    “सरकारले हेलिकप्टरमार्फत चामल गाउँमा पुर्यायो, तर चामल मात्रै पुर्याएको सरकारले छांगरु र तिंकरका लागि नुन, तेल र दाल पुर्याउनुपर्छ भन्ने याद सम्म गरेन”, व्यास गाउँपालिका–१ छांगरुका जगतप्रताप ऐतवालले भन्नुभयो, “एक क्वीन्टल चामल कति दिनलाई पुग्छ, चामलसँग दाल, नुन र तेल चाहिन्छ ।”

    जतिबेला कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नयाँ नक्सा जारी गर्यो, त्यो बेला सरकारले छांगरु र तिङ्कर गाउँ सम्झियो । 

    नेपालका दुई गाउँ मात्र हैन्, भारतले अतिक्रमण गरेको भूगोलमा रहेका नावी, गुञ्जी र कुटी गाउँका नागरिकसमेतको अवस्था बुझ्ने प्रयास गर्यो । जति नक्साको कुरा कम हुँदै गयो, अहिले भने यहाँका जनताले भन्न थाले, सरकारले छांगरु तिंकर विर्षे जस्तो छ ।

    व्यासका युवा सुरज ऐतवाल भन्नुहुन्छ, “छांगरु र तिङ्करलाई राज्यले भुलेजस्तो छ, जति बेला कालापानीको मुद्धा चर्र्किन्छ, सरकारले हाम्रो नागरिक छन् भनेर छांगरु र तिंकर गाउँ सम्झिन्छ, तर वर्षौदेखि सीमाको रक्षा गरि बसेका नागरिकको अवस्था के छ, के खादैछन् कसरी बसेका छन् भनेर सरकारले फर्केर हेर्दैन ।” 

    “चामल पु¥याएपछि खै सरकारले व्यासीको कुरा सुनेको ?”, गीता बोहरा भन्नुहुन्छ, “कुञ्चा सरेपछि छांगरु र तिङ्करका नागरिकले कसरी बसेका छन्, सोधेका छैनन्, अहिले छांगरु र तिंकरमा रहेका नागरिकले सदरमुकाम खलंगा जान पाएका छैनन्, खलंगामा रोकिएका छांगरु र तिंकरका बासिन्दाले बाटो नहुँदा गाउँ जान पाएनन् ।”

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र ७ २०७७०८:०९:०५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend