काठमाडौँ – कोरोना भाइरसले देशमा उथलपुथल गरेपछी जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञाको अवधिभर हुने विवाहमा सात जनाभन्दा बढी सहभागी हुन नपाउने सूचना जारी गरेको छ।
बुधबार राति १२ बजेदेखि सात दिनका लागि उपत्यकका तीनवटै जिल्लामा प्रशासन कार्यालयहरुले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि निषेधज्ञा जारी गरेको छ।
यस अवधिमा अत्याआवश्यक बाहेकका अरु कुनै पनि काम नगर्न नगराउन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेका छन्।
त्यसै क्रममा काठमाडौँ जिल्ला प्रशासन कार्यालयले विवाहलाई अत्याआवश्यकीय कार्यको सूचीमा राखेर त्यसका लागि सातजना भन्दा बढीलाई सडकमा हिड्न, भेला हुन अनुमति नदिने निर्णय गरेको प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले जानकारी दिएका छन् ।
मृत्यु संस्कारमा जान अवरोध नगर्ने जनाए पनि त्यसमा कतिजना सम्म सहभागी हुन पाउने संख्या भने उल्लेख गरेको छैन।
प्रशासनले बैंक तथा वित्तिय संस्थासँग सम्बन्धित कार्य नरोक्ने भने पनि बिहीबार बिहानैदेखि बैंकका कर्मचारीलाई अवरोध गरेको छ। जसका कारण उपत्यकाका सबै बैंक बन्द हुन पुगेका छन्।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।