सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

काठमाडौंमा आजैदेखि निषेधाज्ञा !

काठमाडौंमा आजैदेखि निषेधाज्ञा !

  • मिडिया डबली
  • मंगलवार, भाद्र २ २०७७

  • 9.6K
    SHARES

  • काठमाडौंमा आजैदेखि निषेधाज्ञा !
    फाइल तस्वीर

    काठमाडौं- कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि कोभिड–१९ संकट व्यस्थापन केन्द्र (सिसिएमसी)ले काठमाडौं उपत्यकाका तीन ओटै जिल्लामा निषेधाज्ञा जारी गर्ने भएको छ ।


    आज साझ ५ बजे सिंहदरवारमा सिसिएमसीको बैठक बस्दैछ । बैठकले तीनवटै जिल्लाको संक्रमण देखिएको ठाउँमा लकडाउन, सिल गर्नका लागि योजना बनाउनेबारे छलफल गर्ने भएको हो ।

    संक्रमितको संख्या दिनदिनै बढ्दै गएको, सरकारले जारी गरेका स्वास्थ्यका मापदण्डहरुको पालना नगरिएको, काठमाडौं बाहिरबाट लुकिछिपी उपत्यकामा भित्रिने क्रम नरोकिएको जस्ता कारणले आवतजावतलाई कडा पार्न के विधि अपनाउने भन्नेबारे केही दिनदेखि छलफल भइरहेको छ ।

    सरकारले औपचारिक रूपमा लकडाउन घोषणा नगरेकाले तीनै जिल्ला प्रशासन कार्यायललाई निषेधाज्ञाको निर्णय गर्ने अधिकार दिइएको छ ।

    तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू उपत्यकामा निषेधाज्ञा गर्ने वा लकडाउन गर्ने भन्नेबारेमा आन्तरिक तयारीमा जुटेका छन्।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७१०:०९:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend