सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कोरोना बढेपछी १० गतेसम्म लगाइयो कर्फ्यु

कोरोना बढेपछी १० गतेसम्म लगाइयो कर्फ्यु

  • मिडिया डबली
  • मंगलवार, भाद्र २ २०७७

  • 6.3K
    SHARES

  • कोरोना बढेपछी १० गतेसम्म लगाइयो कर्फ्यु

    महोत्तरी - कोभिड–१९ सङ्क्रमण ह्वात्तै बढेपछि महोत्तरीमा १० दिनसम्मलाई कर्फ्यु (निषेधाज्ञा) आदेश जारी भएको छ ।

    सोमबार ९ भदौ १० मध्यरातदेखि लागू हुने गरि जिल्ला प्रशासन कार्यालय महोत्तरीले यस्तो आदेश जारी गरेको हो ।
     
    यसअघि जिल्ला प्रशासन कार्यालयले जिल्ला सदरमुकाम जलेश्वर नगरपालिकाकोे मुख्य बजारक्षेत्र र छिमेकको महोत्तरी गाउँपालिकाका वडा नं ३ र ५ मा मात्र गत साउन २१ गतेदेखि  पटकपटक गरी निषेधाज्ञा जारी गर्दै आएको थियो । 

    पछिल्ला केही दिनयता जिल्लाका सबैजसो भेगमा सङ्क्रमण निकै बढेको हुँदा यसलाई रोकथामका लागि आवागमन रोक्न जिल्लाभरि नै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले सोमबार साँझ जारी गरेको आदेशमा उल्लेख छ ।
     
    जिल्लास्थित कोभिड–१९ सङ्क्रमण व्यवस्थापन समितिको बैठकको निर्णयानुसार जिल्लाभर निषेधाज्ञा जारी गरिएको हो । 

    अत्यावश्यक काम र निर्माण कार्यलाई अवरोध नपुग्ने गरी भदौ १० मध्यरात सम्मलाई  निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कटुवालले जानकारी दिए । 

    यसक्रममा हिँडडुल, सवारीसाधन, हाटबजार र मेलाजात्रा सबै बन्द गरिएको आदेशमा उल्लेख छ । औषधि पसल र अस्पतालबाहेक अन्य सबै पसल बन्द रहनेछन् । निषेधाज्ञाको उल्लङ्घन गर्नेलाई तत्काल कारवाही गरिने प्रजिअ कटुवालको भनाइ छ ।

    यसअघि स्थानीय प्रशासन (जिल्ला प्रशासन) ले सीमित क्षेत्रमा निषेधाज्ञा जारी गरेको भए पनि जिल्लाका स्थानीय तह र उद्योग वाणिज्य सङ्घको समन्वयमा बर्दिवास, भङ्गाहा, गौशाला, औरही, लोहारपट्टी र बलवासहितका नगरपालिका क्षेत्रमा साप्ताहिक हाटबजार साउन २१ यता बन्द गराउँदै आएका थिए । ती प्रयत्न प्रभावकारी नभएपछि जिल्लाभरि नै निषेधाज्ञा लागू गर्न स्थानीय प्रशासनलाई दबाब बढेको थियो ।

    महोत्तरीमा  कोभिड–१९ सङ्क्रमणबाट हालसम्म दुई जनाको मृत्यु भइसकेको छ । जिल्लामा सोमबार साँझसम्म एक हजार ८८ मा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । 

    यसमध्ये १२ जनामा सोमबार सङ्क्रमण पुष्टि भएको कार्यालयका कोभिड–१९ रोकथाम अभियानका स्रोत व्यक्तिसमेत रहेका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले जानकारी दिए । जिल्लाका सङ्क्रमितमध्ये ३७० जना उपचारपछि निको भएर घर फर्केका कार्यालयले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७१०:०९:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend