बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

काठमाडौं उपत्यकामा कोरोनाको भयावह अवस्था, कति छ सक्रिय संक्रमितको संख्या ? 

काठमाडौं उपत्यकामा कोरोनाको भयावह अवस्था, कति छ सक्रिय संक्रमितको संख्या ? 

  • मिडिया डबली
  • बिहिवार, श्रावण २९ २०७७

  • 5.0K
    SHARES

  • काठमाडौं उपत्यकामा कोरोनाको भयावह अवस्था, कति छ सक्रिय संक्रमितको संख्या ? 

    काठमाडौं– पछिल्लो एक साता यता काठमाडौंमा कोरोना संक्रमितको संख्या बढिरहेको छ। बुधबार मात्रै उपत्यकामा १३८ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अुनसार अहिले उपत्यकामा एक हजार २ सय ५७ जना सक्रिय संक्रमित छन्। ‘कूल संक्रमित मध्ये १२ सय ५७ जना सक्रिय संक्रमित हुनुहुन्छ,’ मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले भने, ‘उहाँहरुको उपचार भइरहेको छ।’

    मन्त्रालयका तथ्यांक अनुसार काठमाडौं जिल्लामा अहिलेसम्म एक हजार १ सय ६६ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये १ सय १८ जना डिस्चार्ज भएका छन् भने ८ जनाको निधन भएको छ। एक हजार ४० जनाको भने उपचार भइरहेको अधिकारीले जानकारी दिए। 

    यसैगरी ललितपुरमा १ सय ७९ जनामा संक्रमण पुष्टि भएकोमा २४ जना डिस्चार्ज भएका छन्। एक जनाको मृत्यु भएको छ, भने १ सय ४४ जना उपचाररत छन्। भक्तपुरमा १ सय ५ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये ३२ जना निको भएर घर फर्किएका छन् भने ७३ जना उपचाररत छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, श्रावण २९ २०७७१०:३६:२५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend