सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

ओली सरकार कोरोना नियन्त्रण लगायतमा धेरै राम्रा काम गर्न चुक्यो : महत

ओली सरकार कोरोना नियन्त्रण लगायतमा धेरै राम्रा काम गर्न चुक्यो : महत

  • मिडिया डबली
  • सोमवार, श्रावण २६ २०७७

  • 4.9K
    SHARES

  • ओली सरकार कोरोना नियन्त्रण लगायतमा धेरै राम्रा काम गर्न चुक्यो : महत

    काठमाडौं साउन २६ - नेपाली कांग्रेसले कोरोना नियन्त्रण गर्न उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलको नेतृत्वमा गठित कोरोना नियन्त्रण उच्चस्तरीय समिति भ्रष्टाचारमा लागेको कांग्रेसले आरोप लगाएको छ।

    आज नेपाली कांग्रेसको मुख्यालय सानेपामा कोरोना पछि उत्पन्न परिस्थिति अनुगमन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका सहमहामन्त्री एवम् समितिका संयोजक डाक्टर प्रकाश शरण महतले यस्तो बताएका हुन।

    संक्रमण व्यापक बन्दै गए पनि सरकारले पिसिआर परीक्षण दायरा वृद्धि नगरेको पनि कांग्रेस सहमहामन्त्री महतले बताए।

    कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीलाई थप सेवा सुविधा दिनुपर्नेमा उनले जोड दिए। स्वास्थ्य मन्त्रालयले मन्त्रीको नजिकका कर्मचारीलाई च्याप्दा प्रभावकारी काम नभएको महतकाे भनाइ छ।

    ‘असफल नेतृत्वलाई स्वास्थ्य मन्त्रालयमा राखिराख्ने ? स्वास्थ्य सामग्री खरिददेखि अन्य क्षेत्रमा अनियमितता छ।

    कोरोना नियन्त्रणमा इमान्दार नेतृत्व आवश्यक छ,’ उनले भने, ‘हुनत यो सरकार नै इमान्दार छैन। तर यो सरकार रहुन्जेल हामीले भन्ने यही सरकारलाई नै हो।’

    ओली सरकारले कोरोना नियन्त्रण लगायतमा धेरै राम्रा काम गर्न नसकेको उनले बताए। ‘सरकारले गर्ला र हामी सुरक्षित रहौंला भनेर नबसौं। आफैं सुरक्षित हुनुपर्छ,’ महतले भने।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ २३ २०८००४:०९:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend