सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

ईश्वर पोखरेललाई प्रमुख बनाएपछि बिहानैदेखि लफडा, तनावग्रस्त भएपछि प्रहरी परिचालन

ईश्वर पोखरेललाई प्रमुख बनाएपछि बिहानैदेखि लफडा, तनावग्रस्त भएपछि प्रहरी परिचालन

  • मिडिया डबली
  • बुधवार, कार्तिक २४ २०७८

  • 4.1K
    SHARES

  • ईश्वर पोखरेललाई प्रमुख बनाएपछि बिहानैदेखि लफडा, तनावग्रस्त भएपछि प्रहरी परिचालन

    काठमाडौं – राजनीतिक वृत्त र सत्ताबाट किनारामा लागेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव ईश्वर पोखरेललाई प्रमुख अतिथि बनाइएपछि सिन्धुलीमा लफडा भएको छ ।

    सिन्धुली आयोजित बीपी कोइराला र पुष्पलाल श्रेष्ठको सालिक अनावरण तथा सिन्धुलीगढी विजयोत्सवको प्रमुख अतिथिमा एमाले महासचिव पोखरेललाई निम्त्याइएको छ ।
     
    सत्तारुढ गठबन्धनमा रहेका दल र एमालेबीच विवाद हुँदा सदरमुकाम सिन्धुलीमाढी बुधवार बिहानैदेखि तनावग्रस्त भएको छ ।

    कमलामाई नगरपालिकाले एमाले महासचिव पोखरेललाई सालिक अनावरण र विजयोत्सवमा प्रमुख अतिथि बनाउन लागेपछि गठबन्धनका दलले मंगलवारदेखि नै तालाबन्दी गरेका छन् भने महासचिव पोखरेल मंगलवार नै सिन्धुली पुगेका छन् ।

    जिल्ला सदरमुकामको लोकतान्त्रिक चोकमा रहेको बाल उद्यान पार्कमा अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् ।

    police.jpg

    गठबन्धन दलका कार्यकर्ताले पार्कलाई घेरेका छन् भने एमाले सम्वद्ध नेता तथा भातृ संगठन युवासंघका कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

    बुधबार बिहान ९ बजे सालिक अनावरणको कार्यक्रम राखिएपनि विवादका कारण प्रभावित भएको छ ।

    प्रमुख अतिथिको विवादमा सहमति जुटाउन प्रमुख जिल्ला अधिकारी (सीडीओ) रमेश न्यौपानेको कार्यकक्षमा सर्वदलीय बैठक बसेको छ । सीडीओ न्यौपानेले सहमतिको प्रयास जारी रहेको बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, श्रावण २६ २०७७०६:२३:४७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend