सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
अनाथलाई खाद्यान्न सहयोग

कांग्रेस नेता डा. महतद्वारा सोह्र श्राद्धको फजुल खर्च काटेर ३ सय अनाथलाई सहयोग

कांग्रेस नेता डा. महतद्वारा सोह्र श्राद्धको फजुल खर्च काटेर ३ सय अनाथलाई सहयोग

  • मिडिया डबली
  • बिहिवार, भाद्र १८ २०७७

  • 8.7K
    SHARES

  • कांग्रेस नेता डा. महतद्वारा सोह्र श्राद्धको फजुल खर्च काटेर ३ सय अनाथलाई सहयोग

    काठमाडौँ - प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले बुबाआमाको पितृ तर्पण अर्थात सोह्र श्राद्धका अबसरमा अनाथ बालबालिकाहरूलाई खाद्यान्न सहयोग गरेका छन् ।

    ‘सेवानै धर्म हो’ भन्ने भावनाका साथ डा.महतले ‘मेञ्ज फाउण्डेसन’लाई आफ्नै निवास बाँसबारी, महाराजगञ्जमा बुधबार खाद्य सामग्री हस्तान्तरण गरेका हुन् ।

    सह–महामन्त्री डा. महत र उनकी पत्नी वीणा महतले खाद्य सामग्री हस्तान्तरण गर्दै  ‘सानो सहयोग गरिएको हो’ बताइएन् । डा. महतले भने, ‘कोभिड–१९ को महामारीका बेला अनाथ बालबालिकालाई केही दिन भए पनि भोको पेट भरियोस् भनेर बुबाआमाको पितृ तर्पणको अबसरमा सहयोग गरेको हुँ ।’

    सो संस्थामा तीन सय अनाथ बालबालिकाहरू बस्छन् । सह–महामन्त्री डा.महतले बुबा स्व।खड्गबहादुर महत र आमा स्व।टोलकुमारी महतको पितृ तर्पणका दिन खाद्य सामग्री वितरण गरेको उनको निजी सचिवालयले जानकारी दिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ २३ २०८००४:०९:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend