सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
राजनीतिक बिशेष

बजेटमा चलखेल भएको छैन, कसैले नियोजित समाचार लेखिदियो पत्याइहाल्ने ? अर्थमन्त्री महत

बजेटमा चलखेल भएको छैन, कसैले नियोजित समाचार लेखिदियो पत्याइहाल्ने ? अर्थमन्त्री महत

  • मिडिया डबली
  • मंगलवार, जेठ २३ २०८०

  • 4.1K
    SHARES

  • बजेटमा चलखेल भएको छैन, कसैले नियोजित समाचार लेखिदियो पत्याइहाल्ने ? अर्थमन्त्री महत

    काठमाडौं - अर्थमन्त्री डा.प्रकाशशरण महतले आफ्नो इमान्दारितामाथि नियोजित रूपमा हिलो छ्याप्ने काम भएको बताएका छन् ।

    मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले करको दर हेरफेरमा बिचौलिया र अनधिकृत व्यक्तिको प्रवेश भएको भन्दै प्रश्न उठाएपछि जवाफ दिँदै उनले योजनाबद्ध रूपमा प्रहार भइरहेको र त्यसबाट आफू विचलित नभएको उल्लेख गरे ।

    ‘म अर्थमन्त्री हुनेवित्तिकै कुनै पनि प्रभावबाट मुक्त भएर बजेट बनाउँछु भनेर कसम खाएको थिएँ । जेठ १४ गते राति के भयो ? को अनधिकृत व्यक्ति आयो भनेर एउटा पत्रिकाले समाचार लेख्यो । त्यसैलाई सांसदहरुले आवाज उठाउनुभएको छ । एउटा पत्रिकाले पटक पटक समाचार लेख्छ त्यसलाई हामी सत्य ठहर गर्छौं । तर हामी काम गर्न आएको मान्छेको विश्वास गर्दैनौं,’ महतले भने ।

    महतले बजेट निर्माण गर्ने बेला कुनै चलखेल नभएको र बिचौलियालाई छेउ पर्न पनि नदिएको स्पष्ट पारे । ‘मेरो इमान्दारितामा एक इन्च रौं पनि हल्लिएको छैन । निजी स्वार्थ भएकाहरु पछि लागेका छन् । भएको यही हो । यसमा कुनै आशंका गर्नुपर्ने छैन,’ उनले भने, ‘आयव्ययमाथि छलफल हुन्छ ।

    एक एक प्रश्नको जवाफ दिन्छु भनेर म तयारी थिएँ । अवश्य पनि एउटै व्यक्तिमा भर पर्नुपर्ने थिएन । मन्त्रालयले विश्वास गरेको व्यक्ति रामकृष्ण श्रेष्ठले सहयोग गरेको हो । यसमा कुनै द्विविधा लिनुपर्ने छैन । कुनै चलखेल भएको छैन ।

    एफएनसीसीआई, सीएनआईले सुझाव दिएका छन् । उनीहरुको माग पनि सम्बोधन गरेका छौं । करको विषयवस्तुलाई वैज्ञानिक बनाउने काम गरेका छौं । भ्याट कमजोर हुँदै गएको थियो । त्यसलाई बलियो बनाउँदै गएका छौं ।’

    उनले बजेट निर्माण गर्ने अख्तियार प्राप्त पदाधिकारीबाहेक कसैलाई पनि प्रवेश नदिइएको स्पष्ट पारे । ‘आर्थिक विधेयक तर्जुमा गर्ने व्यवस्था छ । यिनै पदाधिकारी बसेर हामीले करको दर हेरफेर गरेका थियौं । राजस्व परामर्श समितिले दिएका सुझाव प्रतिवेदनका आधारमा काम गरेका छौं ।

    राजस्व सचिव र अर्थसचिवले प्रमाणित गर्ने व्यवस्था छ । जेठ १४ गते राति प्रमाणीकरण गरेपछि १५ गते बिहान छपाएर आउँछ । फोन अफ गरेर काम गरेका थियौं । निर्णय भइसकेपछि टाइप गर्न, इन्ट्री गर्न सहयोगी चाहिन्छ । म आउनुभन्दा अघि नै रामकृष्ण श्रेष्ठ नियुक्त भएर आउनुभएको रहेछ,’ उनले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, फाल्गुण १४ २०७७०६:४०:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend