चीनसँगको विवाद जारी रहेका क्रममा भारतले एक नयाँ युद्धतोप तैनाथ गरेको छ । भारतीय नौसेनाले प्रयोग गर्दै आएको मिग–२९के युद्धक विमान भारतले उत्तरी सीमामा तैनाथ गर्ने भएको हो ।
उत्तरी क्षेत्रमा चिनियाँ खतरा बढेपछि भारतले नौसेनाले प्रयोग गर्ने विमान नर्थन सेक्टरमा तैनाथ गर्न लागेको एएनआइले जनाएको छ।
भारतका चिफ डिफेन्स स्टाफ जनरल बिपिन रावतका अनुसार यो युद्धक विमानलाई पूर्वी लद्दाख क्षेत्रमा तैनाथ गरिनु सरकारको निर्णय हो।
हालै लद्दाख नजिकको विवादित क्षेत्र गलवान उपत्यकामा भारतीय र चिनियाँ सेनाबीच झडप हुँदा २० भारतीय सेनाको मृत्यु भएको थियो।
यसबाहेक भारतले रुसबाट समेत युुद्ध हतियार आयात गरिहरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।