काठमाडौं– भारतका विदेशमन्त्री एस जयशंकर र उनका समकक्षी चीनका विदेशमन्त्री वाङ यीबीच यही सेप्टेम्बर १० मा रुसमा सम्झौता हुनुअघि दुई देशको सीमा क्षेत्र लद्दाखमा २ सय राउन्ड गोली चलेको भारतीय अंग्रेजी अखबार इन्डियन एक्सप्रेसले जनाएको छ।
पेन्गोङ त्सो तालनजिकै दुई देशका सैनिकले सय–दुई सय राउन्ड गोली चलाएको इन्डियन एक्सप्रेसले लेखेको छ। जुन फायरिङ यही सेप्टेम्बर ७ मा चुसुल सब सेक्टरमा भएको फायरिङभन्दा बढी चर्को थियो।
यसअघि सेप्टेम्बर ७ मा चुसुल सब सेक्टरमा भएको फायरिङका विषयमा दुवै देशले प्रेस विज्ञप्ति जारी गरेका थिए। जुन ४५ वर्षयताको पहिलो फायरिङ भएको उल्लेख गरेका थिए।
त्यसपछि फेरि पेङगोङ त्सोको उत्तरी किनारमा भएको यो फायरिङबारे भने दुवै देशले अहिलेसम्म कुनै जानकारी दिएका छैनन्। तर यो फायरिङ सेप्टेम्बर ७ मा चुसुल सब सेक्टरमा भएको फायरिङभन्दा बढी गम्भीर रहेको खबर आजको इन्डियन एक्सप्रेसले पहिलो पृष्ठमा खबर छापेको छ।
त्यसअघि गत जुन १५ मा भएको झडपमा २० भारतीय सेना मारिएका थिए। त्यसबेला चीनतर्फ पनि ‘ठूलो क्षति’ भएको भनेर भारतले दाबी गरिरहेको भए पनि यसको आधिकारिक पुष्टि अझै हुन सकेको छैन। चीनले यसबारे अहिलेसम्म केही बताएको छैन।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।